Sorry, that menu does not exist.
 

बागलुङ रेडक्रसको रक्त सन्चार केन्द्रमा व्हाइट ब्लड प्राप्य छैन !
डेंगुरोगको संक्रमण ब्यापक बने पछी बागलुङका विभिन्न पालिकाहरुमा सरसफाई/जनचेतना कार्यक्रम सन्चालन !

अडियोमा सुन्नुहोस :  

[sc_embed_player fileurl=”https://www.ebaglung.com/wp-content/uploads/2019/09/My-Recording_21.mp4″]

बागलुङ २०७६ भदौ २१ । देशभर डेंगुरोगको संक्रमण बढ्दै गएपछी बागलुङ जिल्लामा डेंगु रोगबारे सचेतना कार्यक्रमहरु सन्चालन भैरहेका छन् । शुक्रबार विहान मात्रै निजामती सेवा दिवस मुल समारोह समति लगायतको अगुवाईमा बागलुङ बजारका बिभिन्न भागहरुमा डेंगु रोग विरुद्ध सचेतना कार्यक्रमको आयोजना गरी सडक आसपासमा जम्मा भएका फोहोर सरसफाई गरी स्थानीयवासीमा यसबारे जनचेतना अभियान संचालन गरिएको थियो भने हिँजै धौलागिरी अस्पतालमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराबाट आएका प्राविधिक सन्तोष पौडेल र कमला रानाले डेंगु रोगको बारेमा ओरियन्टेशन दिएका थिए ।

आज शनिवार नै बागलुङ जिल्लाको गल्कोट नगरपालिका ३ हटिया बजारमा डेंगु रोगबारे जानकारी दिने उद्देश्यले बजार सरसफाई एवं एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिकाको आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधी, उबासंघ गल्कोट ईकाई, विभिन्न सामाजिक संघसंस्थाहरु शिक्षक विद्यार्थीहरुको व्यापक सहभागितामा जनचेतनामुलक कार्यक्रम गरिएको हो । सो अवसरमा नगर प्रमुख भारत शर्मा गैरे, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबा आएका दुईजना प्राविधिकहरु पौडेल र रानाले डेंगुरोगका बारेमा जानकारी दिएका थिए । उनिहरुले डेंगुरोग लाग्न नदिने उपायका बारेमा पनि सम्वोधन गरेको स्वास्थ्य कार्यालय बागलुङका नि प्रमुख घनश्याम सापकोटाले ईबागलुङलाई बताए ।

सापकोटाका अनुसार डेंगु रोगबारे जनचेतना कार्यक्रमहरुको सन्चालन गरी सो रोग नियन्त्रणमा सहयोग पुराउन विभिन्न पालिकाहरुमा रहेका स्वास्थ्य शाखा प्रमुखहरुका नाममा पत्राचार एवं तत्सम्वन्धी पर्चाहरु पठाई सकिएको बताए ।

तर सबै पालिकाहरुमा डेंगु रोगका सम्वन्धमा जानकारी दिने यसबाट बच्नका लागी अपनाउनु पर्ने उपायका बारेमा सचेतना कार्यक्रमहरु भने आयोजना गरिएको छैन । जिल्लाका जैमिनी र ढोरपाटन नगरपालिका र अन्य केहि गाउपालिकाहरुमा सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी प्राप्त भएको छ ।

यसैवीचे डेंगु रोगको शंका लागेका बिरामीको जाँचका लागि र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) आवश्यक नहुने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आजै प्रकाशित गरेको जरुरी सूचनामा सो कुरा उल्लेख गरिएको छ।

‘राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट डेंगु रोगको शंका लागेका बिरामीहरुको जाँचका लागि चिकित्सकहरुको सल्लाह अनुसार व्हाइट ब्लड सेल काउन्ट, प्लेटलेट काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोगको निदान र व्यवस्थापन गर्न महाशाखाले अनुरोध गरेको छ ।

यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी बागलुङव्दारा सन्चालित रक्तसन्चार केन्द्रमा ह्वाइट ब्लडका बारेमा जिज्ञासा राख्दा नेपाल रेडक्रस सोसाईटी बागलुङका उपाध्यक्ष राजेन्द्र आचार्यले रक्त सन्चार केन्द्रमा सेतो रगत संकलन नभएको जानकारी दिए ।

रक्त सन्चार केन्द्रमा कार्यरत प्राविधिक गुरुदत्त शर्माले व्हाइट ब्लड केन्द्रमा नभएको जानकारी दिँदै व्हाइट ब्लडेको लागी आवश्यक उपकरण समेत केन्द्रमा नभएका बताए । उनले यस ग्रुपको रगत भएका व्यक्तिहरु समेत केन्द्रको सम्पर्कमा नरहेको बताए । तत्काल त्यस्तो रगत आवश्यक परेमा के गर्ने त ? प्रश्नमा उनले पोखराबाट ल्याउनु पर्ने जानकारी दिए ।

स्मरणीयछ, धौलागिरी अस्पतालमा केहि दिन अघी एक जना बिरमा आएका र उनको परीक्षण गर्ने किट नभएकोले पोखरा रिफर गरिएको थियो । पोखरा रिफर गरिएका उनमा डेंगु देखिएपछी पोखरामा उपचार भैरहेको र अस्ति मात्रै भीमापोखराका एक .युवकको परीक्षण गर्दा उनमा डेंगु देखिएकोले उपचार भैरहेको अस्पताल सूत्रले जानकारी दिएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगुु रोग सर्ने सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment