Sorry, that menu does not exist.
 

हर्पुकोटमा तीजगीत प्रतियोगिता सम्पन्न : काँग्रेसका लागि चुनाव जित्नु र हार्नु ठूलो कुरा होइन- काँग्रेस नेता पन्थी

कौरव खत्री, गुल्मी २०७६ भदौ २२ । नेपाली काँग्रेस ईश्मा गाँउपालिका १ हस्तिचौरव्दारा बृहत खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता हर्पुकोटमा सम्पन्न भएको छ । शनिवार सो तीजगीत प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले काँग्रेसका लागि एउटा चुनाव जित्नु र अर्को चुनाव हार्नु ठूलो कुरा नभएको बताए ।
युवा नेता पन्थीले यस क्षेत्रको विकास र समृद्धिको ढोका काँग्रेसले नै खोलेको भन्दै मन्त्रीको आँखाले विकास निर्माणमा भेडावारी र माझीभीर लगायतका क्षेत्रमा विकास देख्न नसक्नु दुखद कुरा भएको बताए ।

काँग्रेस पार्टी भनेको दलित जनजाती र सिमान्तकृत लगायत सबै बर्ग समुदायको साझा पार्टी भएको बताउदै नेता पन्थीले नेपाली काँग्रेसको विधान एशिया मै उत्कृष्ट र समावेशी भएको दावी गरे । उनले नेपालका सबै आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गर्दै आएको बताउदै पछिल्लो समयमा हामीले चुनाव हारेका छौ तर नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाको नेतृत्वमा नेपाली जनताहरुले संविधान पाएको बताए ।

नेता पन्थीले हाम्रो मौलिक संस्कृतिहरुलाई जिवन्त बनाउदै हाम्रो धर्म संस्कृति परम्परा भेष भूषाप्रति पछिल्लो समयमा आधुनिकताका नाममा हाम्रा रितिरिवाज र संस्कारहरु माथिको प्रहार हुनु र थप चुनौति थपिनुले यस्तै यस्तै यस्ता तिज गित प्रतियोगिता मार्फ हाम्रा संस्कार र संस्कृतिको प्रर्वद्धन गनुपर्ने बताए । साथै पन्थीले आफूलाई हस्तिचौरको माटोले निकै पछ्याएको भन्दै,यस क्षेत्रका विकास निर्माणका गतिविधिहरु तर्फ नेपाली काँग्रेस विकास र समृद्धिको ढोका काँग्रेस नै खोलेको बताए ।

सो कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव बिष्णु कुमारी सापकोटा, नेपाल काँग्रेस क्षेन नं.२ का क्षत्रीय सभापति भगतसिंह खड्का, नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सदस्य चन्द्र बहादुर महत, जिल्ला सदस्य पदम बिष्ट,नेपाल दलित संघ गुल्मीका अध्यक्ष लुम बहादुर सुनार,नेपाल तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल,नेपाल महिला संघ गुल्मीकी सचिव देवी कुँवर, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरि हस्तिचौरमा आधा दर्जन व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
साथै सोही अवसरमा राष्ट्रिय कलाकार गणेश अधिकारी, हरि खत्री साँगीतिक प्रस्तुतीले अतिथि देखि सबै दर्शकलाई नचाएका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि कौरव खत्री, नेपाल प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मा, रेडियो रेसुङ्गका स्टेशन म्यानेजर अनिता खत्री, नेपाल दलित संघ गुल्मीका उपाध्यक्ष शेर बहादुर विश्वकर्मा लगायत नेपाली काँगे्रसका जिल्लास्तर तथा स्थानीय नेता तथा कार्यकताहरुको कलाप्रमी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

बृहत खुल्ला प्रतियोगतामा ५ समूहको सहभागिता रहेको बहृत खुल्ला तिजगित प्रतियोगितामध्येबाट इश्मा गाँउपालिका १ जुकेपानी गुल्मीको राधाकृष्ण कृषक समूहले प्रथम हुदै नगद रु.१०हजार सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे गुल्मीमा रहेको श्रृरुङ्गा क्रियाशिल युवा क्लवले द्धितीय हुदै नगद रु ७ हजार सहित प्रमाण पत्र हात पारेको थिए भने इश्मा गाँउपालिका ४ कल्यारको दिपकिरण आमा समूहले तृतीय हुदै नगद रु.५हजार सहित प्रमाण पत्र हात पारेको थियो ।

त्यस्तै सोही प्रतियोगितामा इश्मा गाँउपालिका ४ का प्रगतिशिल युवा क्लवले सान्त्वना हुदै नगद रु ३हजार सहित प्रमाण पत्र हात पारेको थियो । त्यस्तै इश्मा गाँउपालिका ४ कल्यारको दिपकिरण आमा समूह उत्कृष्ट समूह भएको छ । विजेतामा समूह तथा उत्कृष्टहरुलाई नगद प्रमाण पत्र सम्मान गरिएको थियो ।

कार्यक्रमको अवसरमा कलाकार,आर्थिक सहयोगीहरु सँगै विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई समेत समान गरिएको थियो ।

नेपाली काँग्रेस इश्मा गाँउपालिका १ हस्तिचौरका सभापति चुरा बहादुर खत्रीको अध्यक्षता, ्इश्मा गाँउपालिका १ हस्तिचौरका सल्लाहकार समितिका संयोजक शेर बहादुर कुँवरको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने नेपाली काँग्रेस इश्मा गाँउपालिका १ हस्तिचौरका सचिव नविन विश्वकर्माको सञ्चालन गरेका थिए । विगत ८ बर्षयता नारीहरुको हरितालिका तीजका अवसरमा तीज संस्कृतिको संरक्षण र प्रर्वद्धनका निरन्तर रुपमा नेपाली काँगे्रस इश्मा गाँउपालिका १ हस्तिचौरले कार्यक्रम गदै आएको आयोजकले जनाएको छ ।
सन्द

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !