Sorry, that menu does not exist.
 

बागलुङ बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न : रु २ अर्ब ४ करोड ५० लाखको कारोबार !

कुसुम थिङ, बागलुङ २०७६ भदौ २२ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएाको छ । साधारणसभाको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गमलाको फुलमा जल राखेर उद्घाटन गरेका थिए ।

साधारणसभामा प्रमुख अतिथी नगरप्रमुख पौडेल, विशिष्ट अतिथी पूर्व मन्त्री ओमकार प्रसाद गौचन, अतिथी ब्रह्मकुमारी राजयोगिनी दिदी सावित्री, समाजसेवी देवबहादुर श्रेष्ठ, जिल्ला सहकारीका अध्यक्ष दिपक गौतम, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, एकता सहकारीका अध्यक्ष धु्रवप्रसाद शर्मा, सल्लाहाकार हरिप्रसाद गौतम, शेयर सदस्य रामचन्द्र शर्मा, रुद्रा केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साधारण सभामा सचिव योगनाथ कँडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा कोषाध्यक्ष शाक्यलाई उत्कृष्ट सदस्यको रुपमा सम्मानित गरिएको थियो भने शेयर सदस्यहरुलाई नगर सहित पुरस्कृत गरिएको थियो ।

संस्थाको आर्थिक कारोबार रु २ अर्ब ४ करोड ४९ लाख २८ हजार ४ सय २५ रहेका अध्यक्ष अशोक राजभण्डारीले ईबागलुङलाई बताए । ६ सय १९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी रु ५ करोड ७१ लाख ९० हजार ८ सय रहेका र गत वर्षको मुनाफा ७९ लाख ८३ हजार ५ सय २८ रहेको र विभिन्न कोषमा रु ३ करोड ९५ लाख ८ हजार २ सय ३६ रहेको पनि अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

विगत दुई वर्ष देखी सन्चालित सुपथ मुल्यको सहकारी पसलबाट गत वर्ष अढाई लाख मुनाफा भएको संस्थाले जनाएको छ ।

बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोकगोविन्द राजभण्डारीको अध्यक्षतामा भएको साधारण सभामा स्वागत मन्तव्य दुर्गादत्त आचार्य र सन्चालन योगनाथ शर्मा कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !