Sorry, that menu does not exist.
 

बागलुङमा निजामती सेवा दिवस २०७६ तीन दिवसीय कार्यक्रमका साथ भव्यरुपमा सम्पन्न !

बागलुङ २०७६ भदौ २२ । बागलुङमा निजामती सेवा दिवस २०७६ तीन दिवसीय कार्यक्रमका साथ भव्यरुपमा सम्पन्न भएको छ ।

समारोहको पहिलो दिन भदौ २० गते बागलुङ बजार सरसफाई तथा डेंगुरोग बिरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम दिउँसो कार्यालय सरसफाई गरिएको थियो भने दोश्रो दिन भदौ २१ गत विहान बागलुङ नगरपालिका १ खुदुर्के मालढुंगाम निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको थियो । सोहि दिन दिउसो प्रमुख जिल्ला अधिकारी ११ र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन ११ वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो ।

कार्यक्रमको तेश्रो दिन आईतबार बिहान निजामती सेवा दिवस मुल समारोह समिति २०७६ को आयोजनामा निजामती कर्मचारीहरु समीक्षालय चोकमा भेला भएर सक्षम निजामती प्रशासन विकास सम्वृद्धि र सुशासन नारा लेखिएको व्यानर सहित नगर परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
निजामती सेवा दिवस मुल समारोह समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता भएको मुल समारोहको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समित बागलुङका का प्रमुख राजेन्द्र ढुंगानाले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख ढुंगाना, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्यायले स्वागत मन्तव्य दिएका थिए भने लोकसेवा आयोग बागलुङका उपसचिव गणेश पौडेलले निजामती सेवा दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए भने निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष एवं मुल समारोहव समितिका सदस्य सचिव तेजप्रसाद निउरेले कार्यक्रम सन्चालन गरेका थिए ।

सो समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, बागलुङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर कुँवर, निजामती राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष घनश्याम सापकोटा, निजामती राष्ट्रिय कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद शर्मा, राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तेजराज गौतम, निजामती कर्मचारी युनियन संघका अध्यक्ष देव शर्मा आचार्य, पूर्व कर्मचारी परिषदका अध्यक्ष चिरन्जीवी श्रेष्ठ, उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

सोहि कार्यक्रममा खेलकुद कार्यक्रमका विजेता एवं उपविजेतालाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो भने स्वास्थ्य शिविर सन्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय धौलागिरी अस्पताल, मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्राविधिक सहयोग पुराउने बागलुङ फुटबल संघ रेफी्र सहायक रेफी्रलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सोहि अवसरमा निजामती सेवामा लामो समय सम्म रहेर सेवा गर्ने एक जना पुरुष दुई जना महिला निजामती कर्मचारीलाई दीर्घ सेवा सम्मान व्दारा सम्मानित गरिएको थियो ।

निजमती सेवा दिवसको मुख्य दिन आज जिल्ला प्रशासन कार्यालयमा आउने पहिलो सेवाग्राही बानपा ५ की राधिका देवी सापकोटालाई प्रमुख जिल्ला अधिकारी क्षेत्रीव्दारा खादा र अबिर लगाई सम्मानित गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !