Sorry, that menu does not exist.
 

ताराखोलामा शिक्षा दिवस : शिक्षाको विकासविना अन्य विकास असम्भव – अध्यक्ष घर्ती

पूर्ण भद्र निउरे , ताराखोला २०७६ भदौ २३ । ताराखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न ब्याक्तीत्वहरुलाइ सम्मान गरेको छ ।

४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा एक कार्यक्रमको आयोजनागरि कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा र माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट जि पि ए ल्याउने विद्यार्थी , बिद्यालयमा योगदान पुर्याउने शिक्षक र बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारीहरुलाई आइतबार सम्मान गरेको हो ।

यसरी सम्मानित हुने ब्याक्तीत्वहरुमा दुर्गा भवानी मा बि का बि ब्य स अध्यक्ष कुल बहादुर रोका, त्रिशुली प्रा बि का बि ब्य स अध्यक्ष मन बहादुर रोका ,हरि मा बि का प्र अ हरि प्रसाद पौडेल , शिक्षकहरुबाट नेपाल मा बि का लोकनाथ सुवेदी जनप्रेम मा बि का तेजमाया गुरुङ, शिक्षा प्रेमी ताराखोला २ अर्गलका पूर्णकली घर्ती र गणित बिषयमा सबै भन्दा बढी जि पि ए ल्याउने बिद्यालय जनप्रेम मा बि का गणित शिक्षक सृजना थापा पुन रहेका छन।

त्यसैगरि बाल बिकास केन्द्रमा योगदान पुर्याइ गगीडाडा बाल बिकाश केन्द्रका सहजकर्ता भिम कुमारी बि क , दुर्गा भवानी बाल बिकास केन्द्र का चन्द्रा घर्ती ,सामुदायिक बाल बिकास केन्द्र निरज घर्ती रोका ,एकता बाल बिकास केन्द्रका प्रेम कुमारी पुन रोका र भगवती बाल बिकास केन्द्रका सहजकर्ता तिल कुमारी घर्ती सम्मानित भएका छ्न ।

माध्यामिक शिक्षा परीक्षा तर्फ गाउपालिकामा छात्र तर्फ उत्कृष्ट हुने प्रजातन्त्रबिकास माबिका विशाल गैरे र छात्रा तर्फ उत्कृष्ट हुने नेपाल मा बि ताराका जमुना निउरे र जनप्रेम मा बि का किरण कडेल पनि कार्यक्रमको अबसरमा सम्मानित भएका छन ।

कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षामा छात्र तर्फ उत्कृष्ट जि पि ए ल्याउने अर्गल मा बि का योगेन्द्र घर्ती मगर र बराहखोला आ बि का लक्ष्मी कडेल अनि सम्मानित भएका छ्न । लामो समय सम्म कर्मचारीको रुपमा रहेर सेवा गर्ने हरि मा बि हिल का चेतराम कडेल पनि सो अबसर मा सम्मानित भएका छन।

कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले शिक्षा क्षेत्रको बिकास बिना अन्य जुनसुकै क्षेत्रको बिकास हुन नसक्ने भएकोले ताराखोला गाउँपालिका शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताए । राम्रो कामको जतापनी मुल्यांकन हुने भन्दै उनले शिक्षाको बिकासमा योगदान पुर्याएर सम्मानित हुने ब्यक्तित्वलाइ बधाई दिदै शिक्षक ,विद्यार्थी र अभिभावकहरु सधै सकारात्मक सोचाइबाट अघि बढेमा मात्र सार्बजनिक शिक्षा प्रणालीमा सबलिकरण हुने कुरामा जोड दिए ।

कार्यक्रम मा वडा न १ का अध्यक्ष याम बहादुर श्रीस , २ का अध्यक्ष भद्र बहादुर घर्ती , ने क पा का दिवस खत्री (पदम) नेपाली काङ्ग्रेस का कमलापती पाठक , राष्ट्रिय जनमोर्चा का डम्मर थापा ,समाजबादी पार्टी का राम बहादुर घर्ती, गल्कोट न पा का शिक्षाप्रेमी याम बहादुर श्रीस, दोस्रो घुम्टे महोत्सवका सचिब योगेश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अबसरमा जनप्रेम मा बि अमरभुमी र अर्गल मा बि अर्गल का बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक जित बहादुर खत्री को अध्यक्षता जनप्रेम मा बि का प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङ को संचालन र शिक्षा साखा संयोजक उमानाथ अधिकारीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !