बुर्तिबाङ, २०७६ भदौ २३ । बुर्तिवाङ मालपोत कार्यालयमा सोमबारदेखि अनलाईन सेवा शुभारम्भ भएको छ ।
देशभरका १२१ मालपोत कार्यालय मध्ये ९० औँ शाखाको रुपमा बुर्तिबाङ मालपोत कार्यालयमा ल्यान्ड,रेकर्ड इन्फरमेशन म्यानेजमेन्ट सिस्टम अर्थात अनलाईन भुमि अभिलेख प्रणाली सुरु भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अपरेटर विमलमान श्रेष्ठले बताए । पहिलो दिनमै सेवाग्राही हर्कबहादुर कायतव्दारा वानबहादुर छन्त्याललाई जग्गा विक्री वापतको लालपुर्जा हस्तान्तरण गर्दे सेवा शुभारम्भ गरीएको हो ।
श्रेष्ठका अनुसार अनलाईन सेवा मार्फत चुस्त दुरुस्त राजश्व व्यवस्थापन हुने, जग्गा हदबन्दी भन्दा बढि भए नभएको थाहा हुने, कर छली नहुने, कीर्ते जग्गा कारोबार थाहा हुने, जग्गा कारोबार गर्ने व्याक्तिलाई मोवाईल एसएमएस मार्फत जानकारी हुने, साविकको तुलनामा छिटो काम सम्पादन हुने , केन्द्रित डाटा व्यवस्थापन गर्न सहज हुने भएका कारण भुमि व्यवस्था मन्त्रालय अन्र्तगत यस्तो कार्यक्रम ल्याइएको बताउँदै अनलाईन प्रणालीले सेवाग्राहीलाई फाइदा पुग्ने बताए ।
आयोजित कार्यक्रममा इलाका प्रशासन बुर्तिबाङका लोकबहादुर कुवँर, बुर्तिबाङ स्थित विभिन्न सरकारी गैरसरकारी सँघसँस्थाका प्रमुख तथा प्रतिनिधी, वित्तिय सँस्थाका प्रतिनिधी, उद्योग वाणिज्य सँघका प्रमुख चिन्तामणि शर्मा, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम मालपोत कार्यँलय बुर्तिबाङका प्रमुख आनन्द शर्माको अध्यक्षता, मालपोत कार्यालयका खरिदार टोपलाल घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।
3 Comments