Sorry, that menu does not exist.
 

कुस्मामा आत्महत्या रोकथाम दिवसका अवसरमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न !

पर्वत, २०७६ भदौ २६ । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक प्रहरी सेवा केन्द्र कुस्माको संयुक्त आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा आत्महत्या रोकथाम विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आत्महत्याका घटनाहरु प्रायस् सामाजिक संजालहरुको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण हुने गरेकोले आत्महत्या न्यूनीकरणको लागि चाल्नुपर्ने कदमका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल पर्सन तेज प्रसाद सुवेदीले आत्महत्या न्यूनीकरण सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागिहरुबाट उठेका जिज्ञासाको निरुपण गरेका थिए ।

सो अवसरमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !