Sorry, that menu does not exist.
 

भुजीखोला छैठौँ लघुजलविद्युत आयोजनाको विद्युत सेवा २७ दिन पछि पुनः सुचारु !

सुमन सुनार÷बुर्तिबाङ २०७६ भाद्र २७ । गत साउन ३१ गते देखि अवरुद्ध भुजिखोला छैठौँ लघुजलविद्युत आयोजनाको विद्युत सेवा पुनः सुचारु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. २ सलामकोट कोईरालामा रहेको उक्त जल विद्युत आयोजनाको विद्युत वेल्ट चुँडिदा करिव २७ दिन यता पुर्ण रुपमा विद्युत सेवा अवरुद्ध रहेको थियो । आयोजनाका म्यानेजर प्रेम पाण्डेका अनुसार, करिव १ लाख ३१ हजारको लागतमा स्विट्जरल्याण्डबाट विद्युत वेल्ट खरिद गरी मर्मत गरिए संगै विहिबार देखि विद्युत सेवा पुनः सञ्चालनमा आएको हो । नेपालमा विद्युत वेल्ट नपाइने र स्विटजरल्याण्डबाट खरिद गरी भारत हुँदै नेपाल ल्याउनुपर्ने भएकाले लामो समय सम्म विद्युत सेवा अवरुद्ध भएको म्यानेजर पाण्डेले बताए । विद्युत सेवा अवरुद्ध हुँदा वडा नं. २ को सलामकोट, तुसारे, खलबाङ अर्नाक, अर्नाकोट लगायतका स्थानका करिव २०० घरधुरी उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए भने विद्युतका माध्यमबाट सञ्चालन हुने विद्युतिय सामाग्री ठप्प रहेको थियो ।

यस्तै अर्नाकोटमा रहेको नेपाल टेलिकमको टावर समेत अवरुद्ध भएको थियो । नेपाल टेलिकमको टावर अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका सहित आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका थिए । विद्युत सेवा पुनः सञ्चालनमा आएसंगै सेवाग्राहीलाई सहजता भएको छ । २३ किलोवाट क्षमता रहेको सो जलविद्युत आयोजना २०६६ सालमा स्थापना गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !