Sorry, that menu does not exist.
 

उत्कृष्ट तेश्रो पुरस्कारबाट पुरस्कृत भवानी बिद्यापीठ माबिमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न !

लक्ष्मण बिश्वकर्मा, फलेवास २०६ भदौ २७ । फलेवास नगरपालिका ५ खानीगाउँ स्थित भवानी बिद्यापीठ माबिमा बधाई तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तरास्ट्रिय साक्षरता दिवस २०७६ को अवसरमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट देश भरिका सामुदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परिक्षा २०७५ मा कक्षा १२ तर्फ उत्कृष्ट तेस्रो भै पुरस्कृत एवम् सम्मानित भएको खुशियालीमा बिद्यालयको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । शिक्षा दिवसको अवसरमा सरकारबाट नगद रु १ लाख संगै शिल्ड, ध्वजा र प्रमाणपत्रबाट बिद्यालयलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्ण प्रसाद श्रेष्ठले विद्यालय सरकारबाट उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत भएकोमा बधाई ज्ञापन गर्दै भवानी बिधापीठ माबिले शैक्षिक सफलतामा नगर तथा जिल्लाको नै शिर उच्च राखेको बताए । बिद्यालयले उत्कृष्ट नतिजा हासिल गरेकोमा अझ थप जिम्मेवारी थपिएको बनाउदै उत्साह र हौसलाका साथ आगामी दिनहरूमा उत्कृष्टतालाई कायम राख्दै अझै उच्च सफलता प्राप्तिमा जोड दिनुपर्ने बताए ।

श्रेष्ठले शिक्षाको विकास विना कुनै पनि क्षेत्रको विकास नहुने बताउदै गुणस्तरीय शिक्षामा विशेष जोड दिदै शिक्षकहरुलाई दक्ष बनाउन नगरपालिकाले बेलाबेला तालिमको व्यवस्था गरिरहेको बताए । बिद्यार्थीहरुले प्रबिधिको सहि सदुपयोग गर्दै सकारात्मक ज्ञानको वृद्धि गर्नतर्फ अग्रसर हुनुपर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका ५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेलले भवानी बिद्यापीठ माबि उत्कृष्ट बिद्यालय हुन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा अझै सफल र सर्वोउत्कृष्ट बनाउन सबैले सकारात्मक पहल गर्नुपर्ने बताए । साथै बिद्यालयको प्रगति र गुणस्तरीय शिक्षाका लागि नगरपालिका, वार्ड कार्यालय तथा आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ अर्जुन कुमार रेग्मीले ग्रामीण भेगमा भएर पनि बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय स्तरको उत्कृष्ट पुरस्कार जित्न सफल भएकोमा आफुहरु गौरम्भित भएको बताउदै यस सफलतामा सबैको अतुलनीय योगदान रहेको उल्लेख गरे । आगामी दिनहरूमा अझैपनि बिद्यालयको उन्नति र प्रगतिको लागि सबैको साथ र सहयोगको आवस्यकता रहेको रेग्मीको भनाई थियो।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु पदमपाणी भुसाल र बिष्णु शर्मा लम्साल, बिद्यालयका पुर्व प्रअ पदमपाणी गौडेल, पर्वत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिल प्रसाद शर्मा, ध्रुव नमुना माबिका प्रअ तुलसीराम तिवारी, लिमिठाना माबिका प्रअ यम प्रसाद शर्मा, शिक्षक अभिभावक संघका सदस्य भिम लम्साल क्षेत्री, बिद्यालयका शिक्षकहरू हिमाल कडेल, गोविन्द सापकोटा, सीता कडेरिया, लोकेन्द्र पौडेल, बर्ष उत्कृष्ट बिद्यार्थी डिल बहादुर कुवर, कक्षा १२ का छात्र सन्तोष पौडेल लगाएतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै ४० औं शिक्षा दिवसको अवसरमा सरकारले देशभरीका बिधालयहरुबाट उत्कृष्ट शिक्षकहरु छनोट गरेकोमा बिद्यायका प्रअ अर्जुन कुमार रेग्मी पर्वत जिल्लाका सामुदायिक विद्यायहरु मध्येबाट उत्कृष्ट प्रअमा छ्नोट भै पुरस्कृत एवम् सम्मानित भएका छन्।

उक्त अवसरमा २०७५ बर्ष उत्कृष्ट बिद्यार्थी डिल बहादुर कुवरलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
बिद्यालयका प्रअ अर्जुन कुमार रेग्मीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहायक प्रअ रामचन्द्र पुरीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन शिक्षक कृष्णराज पौडेल गरेका थिए ।

नमुना बिधालयको रुपमा समेत छनोट भएको भवानी विद्यापीठ माबि जिल्लाकै पुरानो र यस क्षेत्रको उत्कृष्ठ विद्यालय हो । स्थापना कालदेखी नै यस विद्यालयले साविकको धौलागिरिमै अब्बल नतिजा ल्याएउन सफल भएको छ । सुरुका कहि बर्ष थोरै अंक ल्याएका र बाहिर जान नसकेका बिद्यार्थीहरुलाई समेटेर पढाउन सुरु गरेको विद्यालयमा अहिले विद्यार्थीको संख्या उल्लेखनीय रहेको छ ।

बि.सं.२०१० सालमा स्थानीय केही अगुवाले प्राथमिक पाठशालाबाट सुरु गरेको विद्यालय २० सालमा मावि हुँदै २०६४ सालमा ११ र १२ कक्षा संचालन गरिएको थियो । विद्यालयमा व्यवस्थापन र शिक्षाशास्त्र संकायमा ११ र १२ कक्षाको पढाइ सुरु गरेदेखि हालसम्मको नतिजा उत्कृष्ट रहेको छ ।

व्यवस्थापन र शिक्षाशास्त्रमा पाएको सफलता र अनुभवबाट २०६९ सालदेखि विद्यालयले विज्ञान संकायको पनि पढाइ सुरु गरिएको थियो । जिल्ला बाहिरका सहरमा उत्कृष्ट क्याम्पसहरूको खोजीमा जान नसकेका र कमजोर विद्यार्थी बटुलेर विज्ञान संकाय थालेको पहिलो वर्ष नै ९५ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो ।

यस बर्षको माध्यमिक शिक्षा परिक्षामा पनि बिज्ञान र व्यवस्थापन तर्फ उत्कृष्ट ग्रेडको साथमा १०० प्रतिशत र शिक्षा तर्फ ९९ प्रतिशत बिद्यार्थी उतिर्ण हुन सफल भएका छन् ।
विद्यालयको यो सफलताकै कारण अहिले जिल्ला बाहिर जाने विद्यार्थीदेखि बागलुङका दुर्गम क्षेत्रबाट समेत यस बिद्यालयमा अध्ययन गर्न आउने गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !