Sorry, that menu does not exist.
 

राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता : थापाठाना माबिका सापकोटा प्रथम !

लक्ष्मण बिश्वकर्मा, पर्वत फलेवास २०७६ भदौ २९ । फलेवास नगरपालिका ५ खानीगाउँमा राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजना र सोडेक नेपाल तथा गुड नेइबर्स इन्टरनेशनलको सहकार्यमा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाकाका नगरप्रमुख पदमपाणी शर्माले आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएको बताउदै बालबालिकाको संरक्षण र वृद्धि विकासमा नगरपालिकाले विशेष जोड दिएको बताए । बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा अभिभावकले चासो दिनुपर्ने बताउदै उनिहरुको अधिकारप्रति सबै सचेत हुनुपर्ने बताए । बिद्यार्थीहरुको सृजनात्मक तथा कलात्मक ज्ञान वृद्धिका लागि बिद्यालयरुले बेलाबेलामा प्रतियोगितात्मक कार्यक्रम संचालन गनुपर्ने शर्माको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख मन्जु अधिकारीले स्वतन्त्र रुपमा बालबालिकाहरुले बाच्न, खाना, लाउन खेल्न र पढ्न पाउनुपर्ने बताईन । बाल अधिकारको हनन गर्दै कुनैपनि बालबालिकालाई जोखिम युक्त काम गराउन नहुने उनले बताईन् । बालबालिकाको सर्वाङ्गीण विकास र हक हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको अधिकारीले भनिन् । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न ९ वटा माध्यामिक बिद्यालयहरुको सहभागीता रहेको थियो ।

“सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार“ शिर्षकमा भएको माबि स्तरीय निबन्ध लेखन प्रतियोगितामा थापाठाना माबि कक्षा १० का सुजन सापकोटा प्रथम, सारदा माबि कक्षा १० का समर्पण शर्मा दिर्तिय, जनज्योति माबि कक्षा १२ कि ख्याम कुमारी भण्डारी तृतीय र फलेवास मोडेल अग्रेजी आवासीय माबि कक्षा ९ कि सोनु कुवर सान्त्वना भएका छन् ।

प्रथम, दिर्तिय,तृतीय र सान्त्वना हुनेहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद रु.४ हजार, ३ हजार, २ हजार र १ हजार साथै स्टेसनरी सामाग्री र प्रमाणपत्र प्रदान गरिएको छ भने सहभागी बिद्यार्थीहरुलाई यातायात खर्च स्वरुप रु ५ सय प्रदान गरिएको छ ।

प्रतियोगितामा जनसहयोगी माबि शंकरपोखरीबाट कक्षा १० कि संरचना गिरी, शारदा माबि कुर्घाबाट कक्षा १० का समर्पण शर्मा, जनज्योति माबि ठानामौलाबाट कक्षा १२ कि ख्याम कुमारी भण्डारी, माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायीक माबि मुडिकुवाबाट कक्षा ९ का रबिन तिवारी, फलेवास मोडेल अग्रेजी आवासीय माबि देविस्थानबाट कक्षा ९ का सोनु कुवर, थापाठना माबि थापाठानाबाट कक्षा १० का सुजन सापकोटा, भवानी विद्यापिठ माबि खानीगाउँबाट कक्षा १२ का संजय नेपाली, ग्रामोदय माबि भंगराबाट कक्षा १० कि पुर्ण माया सुनार र ध्रुव नमुना माबि खानीगाउँ चितिपानीबाट कक्षा ९ का सन्दीप पौडेल सहभागी भएका थिए ।

नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिष्णु चापागाईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !