नविन श्रीसमगर, बुर्तिवाङ असोज १ । ढोरपाटन नगरपालिका–१, बुर्तिवाङमा रहेको बुर्तिबाङ मोटर पार्टस तथा बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालिको सयुक्त आयोजनामा विश्वकर्मा बाबाको पुजा गरि भव्य रुपमा मानाईको छ ।
कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्वीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गरीन्छ ।
कार्यक्रममा यातायात व्यवसायको व्यवस्थापन तथा सवारी दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रालिका सचिव नर बहादुर क्षेत्रीले सरकारले यातायात व्यावसायी करको दायरा मात्रै बढाएको तर सडक स्तरोन्नती तथा व्यवसायी लक्षित कार्यक्रम नल्याउदा यातायात व्यवसाय नै धरापमा पर्न जाने खतरा रहेको बताए । साथै चालकहरुले पनि व्यवासाय माथि र्इमान्दार भएर ट्राफिक नियमको पालना गर्न सके सवारी दुर्घटना कम गर्न सकिने उनको भनाई थियो । त्यस्तै प्रा लि का उपाध्यक्ष तथा पार्टसको प्रोपाइटर जित बहादुर कुवरले ४÷६ वटा गाडी लिएर संन्चालनमा आएको प्रालि २ वर्षमै ४० भन्दा धेरै गाडीहरु संन्चालन आउन सफल भएकोमा खुसी व्यक्त गर्दै यस संस्थालाई यहाँ सम्म ल्याउनको लागि सहयोग गर्ने सम्पुर्ण व्यवसायीलाई धन्यबाद तथा विश्वकर्माको पुजाको शुभकामना दिए । उनले सधैँ यसरीनै एकतावद्ध भएर अगाडि वढे मात्र जुन सुकै समस्या पनि समाधान गर्न सकिने बताए ।
कार्यक्रममा प्रालिको पदाधिकारी, ट्याक्सी तथा भ्यान व्यावसायी तथा चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बुर्तिबाङ देखि खर्वाङ सम्म र्याली पनि आयोजना गरीएको थियो ।
यहाँ अवस्थित अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ पारी मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दुर्घटनाबाट सुरक्षा मिलोस भन्दै विश्वकर्मा पुजा आजा तथा शुभकामना एकापसमा बाढ्दै हर्सो उल्लासका साथ मनाईएको थियो ।