Sorry, that menu does not exist.
 

७४ वर्षिय किसानको सिरमा सिंग उम्रिए पछी … !

बागलुङ २०७६ असोज २ । दन्त्य कथामा पढिएको थियो राजाको सिरमा सिंग छ भन्ने तर अहिले भारतको मध्यप्रदेश राज्यको सागर क्षेत्रका एक किसानको सिरमा सिग उम्रिएको (पलाएको) समाचार भारतको एक अनलाईन इण्डिया टीभीले प्रकाशित गरेको छ ।

समाचार अनुसार ७४ वर्षिय किसान श्यामलाल यादवको सिरमा पाँच वर्ष पहिले चोट लागेको थियो । त्यसै ठाउमा एक गोलो डल्लो बन्यो र दिन बित्दै जाँदा यो डल्लो कडा हुँदै गएर सिंग बन्यो । किसानहरुले ती बृद्ध श्यामलाल यादवलाई बलपूर्वक सागरको एक अस्पताल लगेर देखाए । अहिले यो समाचार भारतमा भाइरल बनेको छ ।

डाक्टरहरुले यादवको सिरमा सिंग देख्दा हैरान भए । सागरमा न्यूरोसर्जनको देखरेख यादवको सिरमा उम्रिएको सिँग सर्जरी गरेर निकालीएको छ । सर्जरीमा संलग्न डाक्टरहरुका अनुसार यस रोगलाई सेबास्योस हर्न (डेविल हर्न) भनिन्छ । चोट लाग्दा वा हात खुट्टाको नङ भाँचिदा जसरी आफै नङ उम्रिन्छ (पलाउछ) त्यस्तै दुर्लभ अवस्थामा यहि कैरेटिन (नङमा पाईने तत्व) शरीरको कुनैपनि नरम भागमा पलाउछ (उम्रिन्छ) ।

यादव अहिले पनि डाक्टरहरुको निगरानीमा उपचार गराईरहेको समाचारमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !