राम प्र्रसााद घिमिरे बागलुङ २०७६ असोज २ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखा द्वारा सञ्चालित नुन र चिनीको सुपथ मुल्यको पसलमा उपभोक्ताहरुको घुँईचो लाग्न थालेको छ । भदौ २९ गते देखि बिक्रीगर्न सुरु गरेको सुपथ मुल्यको पसलले कार्तिक १७ गतेसम्म प्रति व्याक्ति ३ किलो नून र ६ किलो चिनी बिक्री गर्ने बागलुङ शाखाका प्रमुख मनोज श्रेष्ठले ईबागलुङलाई बताए। बजारमा नूनको प्रतिकेजी रु २२ र चिनीको प्रतिकेजी रु ८० छ तर सुपथ मुल्यको पसलमा नून प्रतिकेजी १८ र चिनी प्रतिकेजी ७२ रुपैयाँमा बिक्री वितरण गर्दै आएको जानकारी दिँदै प्रमुख श्रेष्ठले शनिबार र सार्वजनिक बिदाका दिनहरु बाहेक अरु दिनहरुमा बिहान १०स्०० बजेदेखि साँझ ५स्०० सम्म बिक्री गर्ने बताए ।
बजारमा भन्दा प्रतिकेजी नुनमा ४ रुपैयाँ र चिनीमा ८ रुपैयाँ सस्तो र बजारको भन्दा गुणस्तरीय पाईने भएकाले लाईनमै बसेर भएपनि सामान लिन आएको बानपा-१० भकुण्डेका भिम बहादुर थापाले बताए । बजारको चिनी निकै मसिनो हुन्छ र फारु हुँदैन तर यहाँको चिनी मोटो र फारु हुने थापामो भनाई छ ।
बिजया दशमी एवं दीपावलीको पूर्व सन्ध्यामा सरकारी स्तरबाटै सुरुगरिएको यो अभियानले खासगरी बजार आसपासका बासिन्दाहरु सुपथ मुल्यको पसलबाट बढी लाभान्वित हुने गरेको पाईएको छ । स्मरणीय छ, सुपथ मुल्यको पसलको गत भदौ २९ गते प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले उद्घाटन गरेका थिए ।
नेपालीहरुको महान चाडपर्व विजया दशमी र भाईतिहारको अवसरमा बागलुङ जिल्लाको सदरमुकाम बाहेक कुस्मीसेरा, गल्कोट र बुर्तिवाङमा साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मुल्यको पसल सन्चालन गर्ने व्यवस्था भैदिएको भए जिल्लाबासीलाई निकै राहत मिल्ने उपभोक्तहरुको भनाई रहेको छ ।
One Comment