बुर्तिवाङ २०७६ असोज ३ । बुर्तिवाङ राईजिङ युवा क्लबले आफ्नो वार्षिकोत्सव सँगै बुर्तिवाङ बजारमा मनाउदै आएको दशैँ कोजाग्रत पूर्णिमा मेला निसी भूजी तमान क्षेत्रमा आकर्षणको केन्द्र बन्दै गएको छ । विशेष गरी प्रतियोगितात्मक खेलकूद कार्यक्रमका साथै सांगीतिक प्रस्तुति रहने यस मेलामा विभिन्न जिल्लाहरुबाट खेलाडी एवं लोक कलाकाहरुको उत्साहवर्धक सहभागिता रहँदै आएको छ ।
बिहीबार बुर्तिवाङ बजारमा क्लब र ढोरपाटन नगरपालिकाले पत्रकार सम्मेलन गरी यस पटकको कोजाग्रत पूर्णिमा मेला बुर्तिबाङ राईजिङ युवाक्लव र ढोरपाटन नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने जानकारी दिईएको छ ।
नगरपालिकाले प्रथम ढोरपाटन मेयर रनिङ गोल्ड कप आयोजना गर्ने भएपछि, बुर्तिबाङ राईजिङ युवाक्लवले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सव तथा कोजाग्रत पुर्णिमा मेलासँगै सञ्चालन गर्ने सहमति भएको पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ । ‘मेलाको सबै खर्च नगरपालिकाले व्यहोर्ने गरी कार्यक्रम तय गरिएको क्लवका अध्यक्ष यामु पोवीले बताए ।’ कार्यक्रमको खर्चका विषयमा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले, ‘मेयरकप सञ्चालनका लागि नगर सभाबाट २० लाख बढी रकम विनियोजन भएको, तर त्यसभन्दा बढी खर्च आएमा पुनः नगरसभाले निर्णय गर्नुपर्ने बताए । मेयरकप सञ्चालनका विषयमा तत्काल कार्यपालिकाको बैठक बसेको छैन तर सञ्चालनको वजेट विनियोजन भएको कुरा उनले बताए । नगरपालिकाको आर्थिक सहयोग र कार्यक्रम व्यवस्थापन क्लवको हुने भएपनि दुईवटै संस्था कार्यक्रमको आयोजक रहने बताइएको छ ।
प्रथम मेयर गोल्ड कप सहित आयोजना हुने पुर्णिमा मेला यही असोज २६ गतेबाट सुरु हुने पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष पौवीले जानाकारी दिए । त्यस अवसरमा विभिन्न १३ वटा कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ । मेयर रनिङ गोल्ड कपमा विषेश गरी पुरुष तथा महिला भलिवल प्रतियोगीतालाई प्राथमिकतामा राखिएको छ । पुरुष भलिवल प्रतियोगीताको नगर पुरस्कार राशी १ लाख र २० ग्राम गोल्ड सहितको रनिङ कप रहने अध्यक्ष पौवीले बताउनुभयो । यस्तै द्धितिय पुरस्कार ६० हजार तोकिएको छ । यस्तै महिला भलिवल प्रतियोगीताको प्रथम पुरस्कार ६० हजार र गोल्ड कप तथा द्धितिय पुरस्कार ४० हजार राखिएको छ । भलिवल खेल पालिका स्तरीय आयोजना गरिएको बताइएको छ ।
अन्य खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुमा खुल्ला एकल तथा समुह नृत्य प्रतियोगीता, पञ्चेवाजा प्रतियोगीता, रस्साकस्सा प्रतियोगीता, स्लोबाईक रेश प्रतियोगीता, पुरुष तथा महिला छेलो प्रतियोगीता, कृषि प्रदर्शनी, शरायँ नाच, झँक्री नाच लगायतका झाँकी प्रदर्शनी, बागलुङ जिल्लास्तरीय मेन्स डवल ए र मेन्स डबल ग्रुप विको व्याडमिन्टन प्रतियोगीता एवं जिल्ला स्तरीय तेक्वान्दो च्याम्पीयनशीप आयोजना गरिएको छ ।
मेलामा ३४ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च लाग्ने पत्रकार सम्मेलनमा खर्च विवरण पेश गरिएको छ । पत्रकार सम्मेलनमा बुर्तिबाङ स्थित मिडियाका प्रतिनिधि, क्लवका पदाधिकारी, नगरपालिकाका प्रतिनिधिहरु सम्मेलित थिए । पत्रकारहरुले उठाएका सवालको क्लवका अध्यक्ष पौवी र नगरपालिकाका तर्फबाट प्रशासकीय अधिकृत पोखरेलले जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले, ‘कार्यक्रममा खर्चको मितव्ययिता, पारदर्सिता र क्लवका पदाधिकारीहरुको जिम्मेवारी महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।’
कार्यक्रमकै अवसरमा क्लवका मानार्थ सदस्य अशोक कुमार विश्वकर्माले, ‘बुर्तिबाङ बजारमा रहेको राईजिङ युवा क्लवलाई जस्तै नगरका अन्य वडाहरुबाट क्रियाशील अरु क्लवहरुलाई समेत समान व्यवहार गर्न नगरपालिकालाई आग्रह गरे । उनले आउँदै गरेको निर्वाचनलाई ध्यानमा राख्दै क्लव र नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा राजनैतिक गन्ध आउन नहुने बताए । यदी त्यस्तो अवस्था आएमा आफु निकट समाजवादी पार्टीले कालो झण्डा देखाउने चेतावनी समेत दिए ।’ जवाफमा क्लवका अध्यक्ष पौवीले, ‘निर्वाचन सम्मुखमा आएका कारण त्यस्तो गतिविधि नहुने भन्दै सुझावका लागि धन्यवाद दिएका थिए । सबैको साझा कार्यक्रम भएकाले यसलाई मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्ने दायित्व सबैको हुनुपर्ने उनको भनाई थियो । पत्रकार सममेलनको सञ्चालन क्लवका महासचिव गोपाल महतले गरेका थिए ।
5 Comments