Sorry, that menu does not exist.
 

गौशालामा रहेका गाईलाई दाना खुवाएर संविधान तथा सहकारी संस्थाको स्थापना दिवस !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७६ असोज ३ । लहरेपिपल बहुउद्देशीय सहकारी संस्थाले आफ्नो स्थापना दिवस तथा संविधान दिवसको अवसरमा गौ सेवा कार्यक्रम गरेको छ । सहकारीको २०औ स्थापना दिवस तथा चौथो संविधान दिवसको अवसरमा बागलुङ नगरपालिका बडा नं. ५ मा रहेको गण्डकी गोपाल गौशालामा रहेका गाईलाई दाना खुवाएर आफ्नो स्थापना दिवस मनाएको हो ।

गौ सेवा कार्यक्रममा बा.न.पा.–५का वडाध्यक्ष शिवप्रसाद सापकोटले राष्ट्रिय जनावरको रुपमा रहेको गाई लोप हुदै गएको अवस्थामा यसलाई सवै मिलेर संरक्षण गर्नुपर्ने बताए । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयन आचार्यको अगुवाईमा यस क्षेत्रमा गौशाला स्थापना भएतापनी र यसलाई संरक्षण र व्यवस्थापन यहिका स्थानियहरु मिलेर गर्नु पर्ने बताउदै यसको लागि आफुले सक्दो सहयोग गर्ने पतिबद्धता समेत व्यक्त गरेका छन ।

कार्यक्रममा सहकारीले करिव ५ हजार बरावरको दाना लगाएतका सामाग्री गौशालामा प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर के.सी.ले बताए । सहकारीका सस्थापक सदस्य नगेन्द्रराज शर्मा लगाएतले मन्तव्य राखेका थिए । सोहि अवसरमा गौ सेबक यज्ञदत्त देग्मीलाई समेत सम्मान गरिएको बताइएको छ ।
सहकारीका अध्यक्ष रुद्रबहादुर के.सी.को अध्यक्षता रहेको कार्यक्रमा स्वागत उपाध्यक्ष कुल बहादुर कार्की तथा संचालन सचिव श्यामराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !