केशवराज क्षेत्री, बरेङ २०७६ असोज ४ । चौथो संविधान दिवस बरेङ गाउँपालिकाले दीप प्रज्ज्वलन गरि नेपालको झन्डा फहराएर शुक्रबार साझ भव्य रुपमा मनाएको छ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछी चौथो वर्ष प्रवेश गरेको शुभ उपलक्ष्यमा बरेङ गाउँकार्यपालिका कार्यलयले संविधान दिवस मनाएको गाउँपालिका कार्यालयले बताएको छ । गाउँपालिका कार्यालय सङगै वडा नम्बर २ हुग्दिशिरको कार्यलयले पनि दीप प्रज्ज्वलन गरि नेपालको राष्ट्रिय झन्डा फहराएर दिवस मनाएको छ ।
बरेङ गाउँपालिकाका सचीव मिलन श्रीस रानाको नेतृत्वमा बरेङ गाउँपालिका सूचना अधिकृत राजन कार्की, हुग्दिशिर वडाका जनप्रतिनिधि,कर्मचारी , कार्यालय सहयोगी र स्थानीयको उपस्थितीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय नारायण शर्माले बताए ।
संविधान दिवसको अवसरमा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, उपाध्यक्ष दिलकुमारी पुन, र बरेङ गाउँपालिकाका पाँच वटै वडाका वडा अध्यक्षहरुले शुक्रवार बिहानै शुभकामना सन्देश दिएका थिए । ।