Sorry, that menu does not exist.
 

देशमा विकासको मूल फुटेको तर व्यवस्थापनको केहि काम वाँकी … !
देशलाई लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउन शिक्षकको महत्वपूर्ण भूमिका रहेको छ – उपप्रमुख भुसाल

कमल पौडेल, खर्वाङ २०७६ असोज ५ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडीगाड गाउँपालिकाको प्रथम गाउँ परिषद्को जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले हिँजो शनिवार उद्घाटन गरेका छन् । सो कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख भुसालले सामाजिक रुपान्तरणको दायित्व शिक्षकहरु संग रहेको बताए । उनले शिक्षकहरुलाई पेशा प्रति प्रतिवद्ध र वफादार बन्न आग्रह गरे ।

शिक्षक समाजको अव्बल नागरिक भएकोले सामाजिक विभेद अन्त्य गर्ने र समतामुलक समाज निर्माणमा महत्वपूर्ण भूमिका हुने बताउदै शिक्षक विना समाजको रुपान्तर गर्न नसकिन उपप्रमुख भुसालले भनाई थियो । गुणस्तरीय शिक्षाको लागी प्रविधि पछ्याउने र कर्तव्य निष्ठ शिक्षक चाहिएको उल्लेख गर्दै भुसालले देशलाई लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउन शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले, अवको समय दक्ष जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षकलाई पेशा प्रति प्रतिवद्ध हुन आग्रह गरे ।

एक फरक प्रसंगमा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला कार्यालय सदस्य समेत रहेका भुसालले देशमा विकासको मूल फुटेको तर व्यवस्थापनको केहि काम वाँकी रहेको बताए ।

सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य सुनिल शेरचनले राजनैतिक आन्दोलनमा शिक्षकहरुले पुर्याएको योगदान भुल्न नसकिने भन्दै पेसा प्रति निष्ठावान हुँदै सामाजिक अगुवाई शिक्षकहरुले गर्नुपर्ने बताए । त्यस्तै प्रेम खरेलले टे«ड युनियन अधिकार यत्तिकै नआएको भन्दै सवै शिक्षकहरु एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कृष्ण भट्राई, पूर्व केन्द्रिय प्रतिनिधि वेद प्रसाद शर्मा, जिल्ला सल्लाहकार तिर्थमणि भुसाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष जित वहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टिका जिल्ला सदस्य विना थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका मुसिकोट नगर समिति अध्यक्ष विष्णु प्रसाद काफ्ले, ढोरपाटन नगर समिति अध्यक्ष विदुर पौडेल त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष वेद प्रसाद पोखरेलले प्रगति तथा कोषाध्यक्ष दिपक गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक सेवा आयोगको परीक्षावाट स्थायी हुन सफल बडीगाड भित्रका शिक्षकहरु तथा हालै निवृत्त भएका शिक्षकहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।

परिषद्मा सभासद्हरुले स्थानिय सरकार र शिक्षकहरु विचमा सहि तालमेल हुन नसकेको, शिक्षकलाई हेर्ने दृष्टिकोण सहि नभएको, लगाएतको सवाल उठाएका थिए, भने शिक्षक संगठनलाई पेशागत सुरक्षा र संरक्षणमा थप सशक्त बन्न सुझाव दिएका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाड गाउँ समिति अध्यक्ष वेद प्रसाद पोखरेलको अध्यक्षता, उपाध्यक्ष भविलाल बुढाको स्वागत मन्तव्य तथा सचिव यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment