भानु रोशन राजभण्डारी
अधिवक्ता
चिनिया ≈याकरहरुको निसानामा नेपालका बैकहरु परेपछि बैकहरुको सुरक्षा प्रणालीको विश्वसनियता माथि स्वभाविक रुपमा अनेक प्रश्नहरु सृजना भएको छ । स्पेनबाट चिनिया नागरिकले नेपालको विभिन्न बैकको सुरक्षा प्रणालीलाई चुनौटी दिंदै सिस्टम ≈याक गरेको भन्ने समाचार सार्वजनिक भएको छ । साथै उसै संग सम्वन्धित पा“च चिनिया“ नागरिकहरुलाई नक्कली एटिएम कार्डबाट नगद निकालेको अवस्थामा काठमाण्डौबाट पक्राउ गरी नगद सहित सार्वजनिक गरिसकेको छ ।
यो युग भनेको प्रविधिको हो । अहिले कुनै पनि क्षेत्र प्रविधिबाट मुक्त हुनै सक्तैन । त्यसमा पनि बैंकि¨ क्षेत्रमा प्रयोग भएको प्रविधिले नै काममा चुस्तताका साथै सेवाको क्षेत्रमा विविधता आएको हो । सुरक्षा संवेदनशिलताको हिसावले सधै अधिक जोखिममा रहने बैकि¨ क्षेत्र यो ≈याकिङ्ग प्रकरणले गर्दा पनि कति संवेदनशिलत रहेछ सवै सामु स्पष्ट छ । बैंकिङ्गमा एटिएम कार्ड, नगद स्थानान्तरण लगायतका जति जति सुविधा थप हु“दै गएको छ त्यसमा जोखिम पनि त्यति नै अनुपातमा थपिंदै गएको छ ।
प्रश्न ≈याकि¨को खतरा सधैं सवै क्षेत्रमा हुन्छ भन्दा पनि सम्भावित ≈याकिङको खतरालाई न्युनिकरण गर्नका लागी के कस्ता सावधानि अपनाइएको छ र नेपालमा प्रयोग भएको प्रविधि पर्याप्त छ त ? भन्ने नै हो । नेपालका सबै बैंकहरुले एउटै सºटवेयर प्रयोग गरेको अवस्था छैन । फरक फरक बैंकहरुले फरक फरक सºटवेयरको प्रयोग गरेपनि मुख्य रुपमा त्यसको विश्वसनियताको विषय प्रमुख हो । करोडौं मुल्यका विदेशी सºटवेयरहरु नेपालका बैंकहरुमा प्रयोग भइरहेका छन् । नेपालको सवारी चालक अनुमति पत्र छाप्ने काम विदेशी कम्पनीलाई दिएको विषय, नेपालको राहदानी विदेशमा छपाई गर्न दिंदा उठेको सुरक्षा संवेदनशिलताको विषयका साथै नेपालको राष्ट्रिय परिचय पत्र छाप्दा उठेको गोपनियताको प्रश्न नेपालको बैंकि¨ क्षेत्रमा प्रयोग भइरहेको सºटवेयरको सन्दर्भमा लागु हुने कि नहुने सोचनिय विषय छ ।
नेपाली बैंकहरुले खरिद गरी प्रयोग गरी रहेको सºटवेयरको खरिद प्रकृया र मुल्य कति छ र त्यो कति पारदर्शी छ ? त्यो छ सम्वन्धीत निकायले हेर्ला तर प्रयोग हुने र भईरहेको सºटवेयरको विश्वसनियताको परिक्षण गर्ने निकाय कुन हो र गरिने परिक्षण गर्ने कार्यविधि के हो र हुनुपर्ने आधारभुत विशेषता के के हो यस्को निर्धारण भएको विधि कहिं कतै देखिंदैन । यसमा एकातिर यसमा प्रयोग भएको भएको प्रविधिको कुरा छ भने अर्को तर्फ यसमा लाग्ने जनशक्तिको दक्षता र दक्षताको पनि छ ।
नेपालका बैकहरुको ध्यान मुख्य त ब्यवसाय विस्तार र मुनाफामै केन्द्रित छ । बेलाबखत हुने दृष्य अदृष्य यस किसिमका घटना हु“दा सुरक्षा निकायलाई हार गुहार गर्ने बाहेक आफ्नो आन्तरिक सुरक्षा प्रणालीलाई अरु मजवुत पार्ने तर्फ पर्याप्त ध्यान पुग्न सकेको ब्यवहारीक रुपमा देखिंदैन । कुन बैंकले प्रयोग गरीरहेको सफ्टवेयर कस्तो भन्ने विषय प्राविधिक हुन सक्ला तर प्रविधिलाई चलाउने जनशक्तिका विषयमा केही कुरा भन्नै सकिने अवस्था छ । बैंकमा कार्यरत कार्यकारी प्रमुख लगायत उच्च पदस्त पदाधिकारीहरुले पाइरहेको वेतन कतिपय निजी क्षेत्रको बैकहरुमा ६ अङ्कको छ । धेरैजसो बैंकका उच्च पदस्थ पदाधिकारीहरुको नजरमा बैंक भनेको नगद संकलन र कर्जाको कामलाई मात्र उच्च प्राथमिकतामा राख्ने गरेको देखिन्छ । यस बाहेकका अन्य कामहरु जस्तै कानूनी, सूचना प्रविधि लगायतका विषयहरुलाई औपचारिकता र कामचलाउ विभागमा सिमित गर्ने मानसिकता छ ।
प्रविधिले युक्त आधुनिक बैंकिङ्गमा दक्ष जनशक्तिको अभाव भएको स्पष्ट छ । यसको मुख्य कारण यसमा प्रयुक्त जनशक्तिलाई बैंक ब्यवस्थानले जति महत्व दिनु पर्ने हो त्यो नदिनु नै हो । यस्तो संवेदनशिल सुचना प्रविधिमा काम गर्ने जनशक्तिले बैकमा काम गर्ने उच्च पदस्त कर्मचारीहरुले पाए सरहको न त पद पाएका छन् न त बेतन लगायतको अन्य सुविधा । कामको प्रकृति अनुसार पनि अरु विभागका कर्मचारीहरुले भन्दा लामो समय सम्म काममा खटिनु पर्ने दवाव रहन्छ । दक्ष जनशक्ति भित्राउनका लागी योग्यता र क्षमता अनुसारको पद र तलव सुविधा दिनु पर्ने हुन्छ । अवको दिनमा त्यो अनुसारको पद र वेतन दिनु पर्दा बैंकको उच्च पदाधिकारीहरु सहरको पनि हुन जान सक्छ । किनभने अवको बैकिङ्ग भनेको नगद संकलन र कर्जा प्रवाह गर्ने जस्तो प्रत्यक्ष देखिने काम भन्दा पनि बैंकले प्रयोग गरेको प्रविधि र त्यसमा उपयोग भईरहेको जनशक्तिमा त्यत्तिनै ध्यान पु¥याउनु पर्ने समय आईसकेको छ, जसले गर्दा भविष्यमा आई पर्न सक्ने यस किसिमका ≈याकिङ्ग जस्ता समस्यालाई प्राविधिक रुपमा विफल गर्न सकियोस् ।