Sorry, that menu does not exist.
 

पोखरा वागलुङ सडक खण्डको खरेहामा माटोको ढिस्कोले पुरिएर सबइन्जिनियरको मृत्यु !

निर्मल पौडेल, २०७६ असोज ६ । कुस्मा पर्वत । कुस्मा नगरपालिका ७ खरेहामा माटोको ढिस्को खसेर एक जना सव इन्जिनियरको मृत्यु भएको छ । पोखरा बागलुङ सडक विस्तारका क्रममा काम गरिरहेको अवस्थामा वाटो माथिवाट माटोको ढिस्को खस्दा पुरिएर मोरङ जिल्ला वेलवारी नगरपालिका २ का १९ वर्षिय कमल राईको मृत्यु भएको हो ।

विहान करिव १० वजेको समयमा उक्त घटना घटेको र उद्धारको लागि जिल्ला प्रहरी कार्यलय पर्वतको टोली खटिएर निजलाई जिल्ला अस्पताल पर्वतमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझिले जानकारी दिए । राजमार्ग निर्माणको लागि पोखरा वागलुङ सडकको विस्तार कार्य भईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

55 Comments