लक्ष्मण बिश्वकर्मा, फलेवास २०७६ असोज ६ । पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा गोवरग्याँसको खाडलमा डुवेर एक बालकको मृत्यु भएको छ । स्थानीय प्रीति नेपालीका १८ महिनाका छोरा रेगम नेपालीको आफ्नै घरमा रहेको गोवरग्याँसको खाडलमा डुवेर सोमवार विहान मृत्यु भएको हो ।
खाडलको पानीमा तैरीएको अवस्थामा भेटिएका बालकलाई फलेवासमा रहेको धुलीखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालकको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । आमाबाबु कोहि नभएका बेला विहान आँगनमा खेलिरहेको बच्चा अचानक नजिकै रहेको गोवरग्याँसको ओभरफ्लो खाँडलमा खसेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
2 Comments