बुर्तिवाङ २०७६ असोज १२ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत जिल्लाका विभिन्न स्थानमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । जिल्लाको ढोरपाटन, जैमिनी, गल्कोट र बडिगाडमा वडा प्रशिक्षण भेला सम्पन्न भएको राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले जनाएको छ ।
टोली नं ८ ले निसीखोला गाँउपालिकाको वडा नं ३ बोहरागाँउमा प्रशिक्षण भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुंवरले, ‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको तर अनावश्यक रुपले कर वृद्धि गरेर जनताको जनजिवन कष्टकर गराएको बताए । यो समस्याको प्रमुख कारण देशमा जवरजस्ती लादिएको संघीयता भएको उनले बताए । नेपाली जनताले संघीयता खारेज गर्न नसके संघीयताले नेपाल खारेज गर्ने बताउदै उपाध्यक्ष कुवँरले, राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई सफल पार्न अपिल गरे ।
कार्यक्रममा जिल्ला सदस्य खिम बिक्रम शाही, थम्मन घर्ति, अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष जुन बिक्रम शाही लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष शेर बहादुर शाहीको अध्यक्षता, सचिव शिव भुषालको सञ्चालन र जीत बहादुर चन्दको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यता टोली नं. ६ ले बडीगाड गाँउपालिका वडा नंं. ५ ग्वालीचौरमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, ने.क.पा. मसाल बागलुङका जिल्ला प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमोर्चा बडिगाडका उपाध्यक्ष रुनमाया थापा लगायत मन्तब्य व्यक्त गरेका थिए भने टोली नं ७ ले ढोरपाटन नगरपालिका वडा नं ५ अधिकारीचौरमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, अखिल नेपाल शिक्षक संघ बागलुङका जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी, जातीय समता समाज गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर कार्यपालिका सदस्य नर बहादुर सुनार लगायतले बोलेका थिए । कार्यक्रम वडा समितिका सचिव निमलाल सापकोटाको अध्यक्षता, तुल्सीराम खरेलको सञ्चालन र केशव सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यस्तै टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं.३ उपल्लो दमेकमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य ठाकुर शर्मा, जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस लगायतले बोलेका थिए ।
टोली नंं ३ ले जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले देशको राजनीति र सरकार स्थिर भएको भनिएपनि, महंगी, भ्रष्टाचार, र शान्ति सुरक्षाको अवस्था दुरासायी भएको बताए । राष्ट्रका नागरिक कमजोर बनाएर सत्तामा बस्नेहरुले अनावश्यक करको बोझ थोपर्नु, देशका नागरिकलाई समृद्धि तर्फ गल्नु नभएको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला कोषाध्यक्ष दिल बहादुर दर्जी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षता, हेमराज शर्माको सञ्चालन र नुर बहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यसैबीच टोली नंं ५ ले गलकोट नगरपालिका वडा नं. ७ मल्ममा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक के.सी., अखिल नेपाल शिक्षक संघ बागलुङका सचिव पुष्कर सापकोटा, जापान नेपाली एकता समाजका उपाध्यक्ष यमलाल सापकोटा लगायत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष रुमाकान्त गौतमको अध्यक्षता, नारायण सापकोटाले सञ्चालन गरेका थिए ।