Sorry, that menu does not exist.
 

तमान लाम्मेलाका पहिरो पीडितलाई राहत वितरण : भौतिक सँरचना निर्माणमा ख्याल गर्न सुझाव !

छविलाल पाण्डे तमान २०७६ असोज १३ । तमानखोला गाउँपालिका वडा नं.४ को तमान लाम्मेलामा गत साउन १९ गतेको भेल पहिरोमा परी ज्यान गुमाएका तथा घाईते परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

संघिय साँसद ज्ञानकुमारी छन्त्याल लगाएतको उपस्थितीमा आइतबार राहत हस्तान्तरण गरिएको हो । लाम्बेला परिवर्तन समुह काठमाडौँको पहलमा कोरिया, हङकङ लगाएतका देशमा बस्दै आएका नेपालीहरुबाट सँकलन गरिएको नगद रु २ लाख ९७ हजार १ सय पचास रुपैयाँ, साँसद ज्ञानकुमारी छन्त्यालको तर्फदेखि ३० हजार, तमानखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षबाट २२ हजार १ सय १५ वडा नं.५ का अध्यक्षबाट १५ हजार ३ सय ६६ रुपैयाँ बालकृष्ण छन्त्याल र आसिमान छन्त्यालबाट रु १०÷१० हजार गरी ९ घर परिवारलाई ३ लाख ६४ हजार ६ सय २५ रुपैयाँ हस्तान्तरण गरीएको नेपाल महिला सँघ केन्द्रिय सदस्य दिलमाया पौवीले बताइन ।

कार्यक्रममा पहिरोका कारण श्रीमती गुमाएका तथा घाइते पीडित ओमबहादुर श्रीपालीको परिवारलाई ८० हजार, परिवारका तिनजना सदस्य घाइते भएका गमबहादुर सिर्पालीको परिवारलाई नगद रु ९५ हजार, परिवारका दुई सदस्य गुमाएका देवेन्द्र सिर्पालीको परिवारलाई नगद रु १ लाख १० हजार राहत उपलब्ध गराइएको छ ।

त्यस्तै घाइते, गोठ क्षेती भएका विर्ख बिकको परिवारलाई ३० हजार, घर गोठ क्षेती भएका कृष्ण बहादुर सिर्पाली,हेमलाल सिर्पाली,अमृता सिर्पाली, र सुभलाल सिर्पालीको परिवारलाई क्रमश नगद रु ८ हजार ९ सय ७५, ४ हजार १ सय ५०, १२ हजार र १८ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा साँसद छन्त्यालले बोल्दै आफनो क्षेत्रमा प्रत्यक बर्ष बाढी पहिरोले लाखौँ धनमालको क्षेती सँगै मानिसको समेत अकालमै ज्यान गइरहेको विपत्तीले निरन्तर दुुख दिइरहेको बताईन् । दु:ख पीडामा परेका परिवारलाई सबैले सहयोग गर्नु पर्नेमा जोड् दिँदै छन्त्यालले भौगोलिक समस्याका कारण भौतिक सँरचना निर्माण गर्दा ख्याल गर्नुपर्ने बताईन् ।

कार्यक्रममा प्रदेश साँसद चन्द्र बुढा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाली काँग्रेस महिला सँघ क्षेत्रीय सभापती लिलमाया पुन, नेपाल महिला सँघ केन्द्रिय सदस्य दिलमाया पौवी,वडा अध्यक्ष, लगाएतको सहभागिता रहेको थियो । विदेशबाट सँकलन भएको रकम गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई हस्तान्तरणका पठाईको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !