Sorry, that menu does not exist.
 

जनप्रतिनिधी थापाव्दारा आफुले पाउने पारिश्रमिक विद्यालयलाई सहयोग ।

थम्मन थापा, गल्कोट २०७६ असोज १३ । गल्कोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउने भएका छन । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए ।

सामुदायिक विद्यालय तर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गईरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरु पर्याप्त नहुॅदा र आर्थिक श्रोतको अभावले स्थानिय स्तरमा रहेका शिक्षकहरुलाई तलब भत्ता व्यवस्थापन गर्न समस्या हुॅदै आएको छ । आफनो कार्यकालको तलब आर्थिक वर्ष २०७६/०७७ को सुरुवात सॅगै गत साउन देखि लागु हुने गरि वार्षिक रुपमा विद्यालयलाई सहयोग प्राप्त भएको प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए ।

विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानिय श्रोतबाट तलब व्यवस्थापन गरि १० जना निजी श्रोतका शिक्षकहरु रहेका छन भनें २ वटा दरबन्दी रिक्त रहेकाे छ । वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुॅदै आएको छ । जनप्रतिनिधी थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केहि कम हुने विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिए । विद्यालयमा अहिले वार्षिक झण्डै १० लाख ६८ हजार शिक्षकहरुको तलबको लागि खर्च हुने गरेको प्रधानध्यापक थापाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !