Sorry, that menu does not exist.
 

पञ्चकोट मध्येको कारिकोटको दुर्गा भवानी मन्दिरमा दशै विषेश पुजा सुरु !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७६ असोज १३ । हिमशैलको स्वच्छ मनोहर दृश्यको अनुप आनन्दसगै प्राचीन शक्तीपिठ कारिकोट मन्दीरमा शारदिय दशै शुरु हुदै छ । प्राचीन काल देखिनै यहाँ दुर्गा भवानी तथा भुमेकोे पुजा अर्चना अटूटरुप गरिदै आएको छ । यस ठाउमा भुरे टाकुरे राजाहरुको पाला देखिनै बैदिक तरिकाले हुन्छ । यहाँ पुजा राष्ट्र संबृद्धीको कामनाको संकल्पले गरिन्छ र यहाँ घटस्थापना देखी पुजारी मन्दीर प्रवेश गर्दछन ।

हिँजो घटस्थापनाका दिन मन्दिरमा प्रवेश गरेका पुजारीहरु दशमी सम्म फलारी हुने गर्दछन । घरमा जान पाउदैनन । यस दिन सिमको भगवती मन्दिरबाट फुल प्रसाद लगी बिधिवत घटख र घण्टको ध्वनीमा बाहिर नगरा र धोपहरु मालश्री, रागमा बजाईएको थियो । घटस्थापनाका दिन शैलपुत्री भगबती को पुजा गरियो । आज सोमबार व्दितियाको प्रातकालीन पुजा पाठ पछी मध्यान्हमा त्रिकाली पुजा हुन्छ । सन्ध्यामा आरती ब्रह्म मुहुर्तमा नगरा लगाईन्छ । यी कार्यक्रम नवरात्र भर गरिने कार्यक्रम हुन भने आज व्दितियाका दिन चद्रदर्शन साथ जमरा राखिन्छ ।

ब्रहमचारीणी चद्रघण्टा कुश्माण्डा स्कन्धमाता कात्यायनी कालरात्री महागौरी सिद्दीदात्री कुमारीस्वरुप भगवतीहरुको पुजा शास्त्रीय बिधानअनुरुप दैनिक हुन्छ । एवं रुपले चौथी पन्चमी दिनरातको चार प्रहर पुजाहुन्छ । सप्तमीको दिनमा कालिगंगा स्नानगरी बेल टिपी फुलपाती गरिन्छ साथै दिउसोमा बोकाको बलि दिने प्रचलन छ ।

यता मन्दीरमा बिशेष कार्यक्रम हुन्छन । पुजा यथावत चलेको हुन्छ भने फुलपातीको बढाई हेर्नका लागि पञ्चकोट क्षेत्रका मानिसको भीड जम्मा हुने गर्दछ । सप्तमीको दिन यहाका आप्नै मौलिक सयाँैबर्ष पुराना संस्कृती प्राचीन युध्दकौशल फुलपाती बढाईमा हेर्न पाइने मन्दिर व्यवस्थापन समितिक अध्यक्ष जयबहादुर कार्कीले बताए ।

अष्टमीको दिन भने दिनमा चन्द्रादिको पुजा गरिन्छ । रात परेपछि मात्र कालरात्री पुजा सुरु हुन्छ । बिधीवत पुजा सकिदै गर्दा रातको मध्यान्हमा काल रात्रिको महावली अर्पण गरिन्छ ।

यस्तै नवमीको दिनमा सुनको मौलो निकाली मौलो पुजा पश्चात पन्चबली गरिन्छ । श्रद्धालु भक्तहरु टाडा टाडाबाट आउदछन । दशमीको दिन टिका जमरा भगवतीलाई अर्पण गरे पछी टिका टाला गरिन्छ । बाजागजा सहित फुलपाती बिर्सजन गरिने कोषाध्यक्ष सम्मर बहादुर क्षेत्रीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !