Sorry, that menu does not exist.
 

नीति र विधि सहि नभएसम्म देशको विकास हुन सक्दैन : बागलुङ ईन्चार्ज शर्मा

कमल पौडेल, खर्बाङ २०७६ असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीगाड गाउँपालिका वडा नं. २ को आयोजनामा खर्वाङमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्माले नीति र विधि सहि नभएसम्म देशको विकास हुन नसक्ने भन्दै सरकार सोहि कामको लागी लागिरहेको बताएकी छन् । नेतृ शर्माले विधिको लागी सोचमा परिवर्तन हुनुपर्ने भन्दै आफूले आफैलाई बदल्दै विकासमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गरिन् ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद इन्द्रलाल सापकोटाले राजनैतिक क्रान्ति सकिएपनि आर्थिक क्रान्तिको लागी अझै २० वर्ष लड्नुपर्ने बताए । जमिनको उपयोग बाट उत्पादन वृद्धिगरि बजार नपठाएसम्म सम्वृद्धि नआउने भन्दै सापकोटाले सवै जनता उत्पादनमा जोडिनुपर्ने बताए । सरकारले एकछिनको लोकप्रियता भन्दा पनि दीर्घकालीन सोचका साथ काम गरिरहेको भन्दै अवको २५ वर्ष कम्युनिष्ट पार्टीले शासन गर्ने र देशलाई सम्बृद्ध बनाउने बताए । २० वर्ष पछिको सपना नदेखे विकास नै नहुने भन्दै प्रगतिशील संविधानमा टेकेर अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान समेत गरे । सापकोटाले स्थिर सरकारले नितिगत सुधार गरिरहेको सन्दर्भमा दलालहरु सल्बलाई रहेकोले सवै सचेत हुन समेत आह्वान गरे ।

कार्यक्रममा नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरेले परिवर्तन आत्मसाथ गर्न नसक्नेहरु सल्वलाउन थालेको बताउँदै सचेत रहन कार्यकर्तालाई अनुरोध गरेका थिए । राज्यलाई सहिवाटोमा डोयाउन स्वस्थ आलोचना हुनुपर्ने तर समाजमा त्यो नभएकोले सचेत हुनुपर्ने समय आएको गैरेले बताए ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्यहरु प्रदिप खरेल, सुनिल शेरचन, राजिव घिमिरे, जिल्ला कार्यालय सदस्य विष्णु भुसाल, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, वडा अध्यक्ष हिमा खरेलको स्वागत मन्तव्य तथा आकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कृष्ण परियार नेतृत्वको टोली नेकपामा प्रवेश गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments