छविलाल पाण्डे २०७६ असोज १४ । सांसद देवेन्द्र पौडेलले निसीखोला गाउँपालिका वडा नं.२ अर्नाकोट देउरालीमा रु ७५ लाखको लागतमा निर्मित अर्नाकोट आधारभुत विद्यालयको नवनिर्मित ६ कोठे भवनको सोमबार उद्घाटन गर्दै शिक्षा क्षेत्रको विकासशले मात्र समाज रुपान्तरण हुने बताए । देश विकासका निम्ती तिनवटै तहका सरकार लागि परेको बताउँदै अव नेपालीका निम्ती समृद्धिको आधार तयार भइसकेको उनले बताए ।
स्थानीय समाजसेवी एवम कर्मभुमि फाउन्डेशन पोखराका प्रसन प्रेमबहादुर कुवँरको सक्रियतामा कर्मभुमि फाउन्डेशन पोखराको ५२ लाख ५० हजार सहयोग र निसीखोला गाउँपालिकाको तर्फदेखि १५ लाख स्थानीय जनश्रमदान ७ लाख गरी कुल ७४ लाख ५० हजार लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले आफुहरुले शिक्षा क्षेत्रको विकासका निम्ती निरन्तर अगाडी बढिहरेको बताउँदै प्राय सबै सामुदायिक विद्यालय भौतिक रुपमा सम्पन्न हुने चरणमा रहेको र शैक्षिक गुणस्तरलाई समेत बढाउँदै लगिएको बताए । उनले जनताका आवश्यकतालाई मध्यनजर राख्दै अति आवश्यकताका विकासलाई पहिलो प्राथमिकता दिइँदै गएको र आफनो पालिकामा कर्मभुमि फाउन्डेशनले समेत महत्वपुर्ण भुमिका खेलेकोमा प्रशंसा व्यक्त गरे । कार्यक्रमका अवसमा प्रदेश साँसद चन्द्र बुढा (सागर), विद्यालय भवन निर्माणका अभियन्ता प्रेमबहादुर कुवँर लगाएत स्थानीय समाजसेवी, बुद्धिजिवीको आतिथ्तया एवम मन्तव्य दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष लालबहादुर कुवँरको अध्यक्षता, विद्यालयका प्रअ वेगबहादुर कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै आइतबार अर्नाकोटमा नवनिर्मित अर्नाकोट सामुदायिक स्वास्थ्य एकाईको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्धघाटन गरेका थिए । ग्रामिण क्षेत्रमा स्वास्थ्य पहुँच पुर्याउने उदेश्य स्वरुप कर्मभुमि फाउन्डेशन पोखराको आर्थिक सहयोगमा स्वास्थ्य एकाई भवन निर्माण सम्पन्न भएसँगै निसीखोला गाउँपालिकाले १ जना स्वास्थ्यकर्मी (अनमि) व्यवस्थापन गरेपछि स्वास्थ्य एकाई सञ्चालमा आएकोे छ ।
उक्त एकाईबाट निसीखोला वडा नं.२, ढोरपाटन नगरपालिका २ र ५ का नागरीकले प्रत्यक्ष स्वास्थ्य सेवा लिन पाउने छन् । स्वास्थ्य एकाई उद्धघाटनकै दिन स्थानीय ४ सय बढि नागरीकको स्वास्थ्य परिक्षण तथा औषधि उपचार गरीएको थियो । फाउन्डेशन मार्फत आएका चिकित्सकको टोलीले जनरल फिजिसियन सम्बन्धि विभिन्न रोगको बिषयमा स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि उपचार गराएका छन् ।