रामप्रसाद घिमिरे, बागलुङ २०७६ असोज १४ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ गरेको एक हप्ताको अन्तरालमा असोज १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा बिप्लब समुहका एकजना कार्यकर्ता नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
गल्कोट नगरपालिका-११ रिघाबाट सोमबार अपरान्ह बाबुराम नेपालीका छोरा बिप्लब समुहको गल्कोट नगर कमिटीका सचिव २९ वर्षिय सुदर्शन नेपालीलाई ईलाका प्रहरी कार्यालय गल्कोटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा दाखिला गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बताए ।
निज नेपाली उपर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
2 Comments