योगेन्द्र विश्वकर्मा बुर्तिबाङ २०७६ असोेज १६ । तमानखोला गाउँपालिकामा रहेको खोलेसबाङ परिवर्तनशील युवा क्लवले १० औँ वार्षिकोत्सव तथा बडा दशैँको अवसरमा अयोजना गरेको कार्यक्रमको हिँजो उद्घाटन गरिएको छ । कार्यक्रमको ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्दैे बागलुङ जिल्लाको पश्चिम क्षेत्रको समग्र विकास चाहेको बताए । आफु ढोरपाटन नगरपालिकाको मेयर भएपनि नगरपालिकाको मात्र नभइ तमानखोला र निसीखोला गाउँपालिकाको विकास पनि आफ्नो प्राथमिकतामा रहेको बताए । गाउँठाउँको विकासका लागि युवा शक्ति एकतावद्ध हुन आवश्यक रहेको बताउदै नगरप्रमुख नेपालीले विकास निर्माणका कार्य गर्न दीर्घकालीन योजना निर्माण गर्नुपर्ने बताए ।
क्लव संघसंस्थाले प्रतिभा पहिचानका कार्यक्रम गर्नु सकारात्मक भएपनि खेलकुद भन्दा पनि सामाजिक विकासका कार्यमा क्लव सरिक हुनुपर्ने उनको धारणा थियो ।
विकास निर्माणका कार्यमा राजनीतिक विभेद नगर्ने बताउदै ढोरपाटन नगरपालिकासँगै निसिखोला र तमानखोला गाउँपालिकाको विकासका लागि प्रदेश र केन्द्रसम्म नै आफुसक्दो पहल गरिरहेको नेपालीले बताए । तमानखोला सेत्रादेखी खोलेसबाङ आधारभूत विद्यालय सम्मको बाटो जोखिमपूण रहेको र वर्षातका कारण विभिन्न ठाउँमा पहिरो र खाल्डालुल्डी रहेकोले डोजर प्रयोग गरेर बाटोको पहिरो हटाइदिने बताए । आफुले व्यक्तिगत लगानीमा तमानखोला वडा नम्बर २ मा रहेका अति विपन्न ५ घर को खरको छानो हटाएर टिनको छानो हालिदिने नगर प्रमुख नेपालीले उद्घोष गरे । जसअन्र्तगत अपांग बल बहादुर पुन गरिब परिवार दिल बहादुर विक वृद्ध दलित पतम बहादुर विक एकल महिला दिल कुमारी बुढा र गरिब परिवार बुद्धिमान विकको घर जस्तापाताले छाइदिने बताएका हुन ।
यस्तै परिर्वन शिल क्लवका लागि १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् भने परिवर्तनशिल आमासमुहका लागि ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरे ।
कार्यक्रममा नेकपाका नेता एवं नगर प्रमुखका स्विकिय सचिव केशर छन्त्याल परिवर्तनशिल आमा समुहकी अध्यक्ष उमादेवी घर्ती लिल बहादुर पुन गाउँपालिका कार्यपालिका सदस्य लिलकुमारी विक लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम क्लव अध्यक्ष सुजन घर्तीको अध्यक्षता वडा नम्बर २ का वडाध्यक्ष मिन बहादुर घर्ती र ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष चित्र बहादुर भण्डारीको विशिष्ट आतिथ्यता मेला संयोजक केन्द्र घर्ती मगरको स्वागत मन्तव्य र जीत बहादुर घर्तीकोको सञ्चालनमा सम्पन्न भएको थियो ।
10 Comments