छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असोज १८ । नेपाली काँग्रेसले बुर्तिबाङमा विजया दशमी दिपावली तथा छठ पर्वको पावन अवसरमा आफना कार्यकर्ता माझ शुभकानमना आदान प्रदान गरेको छ ।
नेपाली काँग्रेस ढोरपाटन नगरकमिटी संयोजक शालिकराम शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी सँघिय साँसद ज्ञानकुमारी छन्त्यालले बोल्दै नजिक आइरहेका महत्वपूर्ण चाडपर्वलाई सबैले आफनो गक्ष अनुसार मनाउनु पर्ने बताउँदै आउँदै गरेका पर्वहरुले सबैको कल्याण गरुन भनी शुभकामना व्यक्त गरिन ।
उनले देशमा वर्तमान दुई तिहाइको सरकार रहेपनी जनअपेक्षा बमोजिम काम गर्न नसेकोमा सबैलाई नैराश्यता भइरहेको स्मरण गराउँदै देशमा हत्या, हिँसा, वलात्कार, जस्ता गतिविधि झनझन मौलाउँदै गएको र सरकार जनताका आवश्यकता भन्दा माथि उठेर भाषण छाँट्दै हिँडिरहेको आरोप लगाईन ।
कार्यक्रमान नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनले बोल्दै देशमा सुुशासन नभएको र वर्तमान दुई तिहाइको सरकारले सत्ता कब्जा गर्न खोजिरहेको आरोप लगाए ।
सरकारका हरेक गतिविधी आफनो पार्टीले नियालीरहेको र राम्रो काममा विरोध नभई सहयोग रहने र नकारात्मक गतिविधिको निरन्तर खबरदारी भइरहेको उनको भनाक्षर्् थियो ।
कार्यक्रममा नेपाली काँग्रेस तमानखोला गाउँपालिका सभापती खगेन्द्रमान पुन, नेपाल महिला सँघ क्षेत्रिय अध्यक्ष लिलमाया पुन, नेपाल महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी, क्षेत्र नं.२ प्रदेश ख सभापती नरजँग घर्ति, लगाएतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको कार्यक्रम नगर सभापती शालिकराम शर्माको अध्यक्षता, नगर सचिव वानबहादुर छन्त्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी नेपाली काँग्रेस निसीखोला गाउँसमितीले समेत शुक्रबार एक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरेको छ । पार्टी सभापती इन्द्रबहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष पौडेलले दशै, तिहार र छठ पर्वले सम्पुर्ण गाउँपालिका वासि एवम नेपाली जनमा शुख, शान्ति र समृद्धिको कामना व्यक्त गरे ।
उनले थप बोल्दै चाडपर्वको उमँग सँगै आफनो पालिकाको विकास र समृद्धिका निम्ती सबै तह र तप्कासँग समन्वय गर्दे अगाडी बढिरहेको अवस्था रहेका कारण आफनो क्षेत्रको विकास निर्माण र समृद्धिका निम्ती सबैले हातेमालो गर्दे अगाडी बदनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचन, निसीखोला गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्कीको बिशिष्ठ आतिथ्यता, पार्टीको तर्फदेखि निर्वाचित जनप्रतिनिधी, पार्टीका भातृसँगठन, शुभेच्छुक, नेता कार्यक्रता लगाएतको आतिथ्ता रहेको कार्यक्रम पार्टी उपसम्योजक राजमान बुढाको स्वागत चन्द्रसिँह रामजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
6 Comments