Sorry, that menu does not exist.
 

संस्कृति हराए समाजको संस्कार र सभ्यता पनि हराउने हुँदा यसको संरक्षणमा एकजुट हुन आग्रह !

कौरव खत्री, गल्काेट २०७६ असोज २५ । गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले सोरठी देउसी भैलो जस्ता कला संस्कृतिहरु समाजको अमूल्य गहना भएकाले संरक्षण र प्रर्वद्धनका निम्ति पुस्ता हस्तान्तरण हुनुपर्ने बताएका छन् । शुक्रवार संस्कृति संरक्षण मञ्च काँडेवास र विरकोट मगर समाज गलकोट नगरपालिका ८ काँडेवास बागलुङद्धारा आयोजित तिहार विशेष नचरी भाग ४ को छायाङ्कन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । साथै सांसद बुढामगरले संस्कृति हराए समाजको संस्कार र सभ्यता पनि हराउने भन्दै यसको संरक्षणमा सबै एकजुट हुनु पर्ने बताए ।

सोही अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगर, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रामप्रसाद कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।

तिहार विशेषलाई मध्यनगर गदै छायाङ्कन गरिएको उक्त भिडियोमा देउसी भैलो, सोरठी सँगै तिहारको भाई टीकाको महत्व, दीपावलीको महत्व, दिदीभाई बिचको सम्बन्ध, भाईले दिदीको हातको टीका थाप्न जाँदा बाटोमा काली नागले छेकेको खान्छु भनेको तर भाईले नागलाई म दीदीको हातबाट टीका थापेर आएपछि खालास भनि अनुरोध गरेको र पछि दीदीको टीका र आर्शिवाद पाएपछि नागले केहि नगरेको लगायतका कथावस्तु समेटिएको छ ।

छाँयाकन गरिएको भिडियो तिहार अगावै सार्वजनिक गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकार, पत्रकार, स्थानीयबासीका कलाप्रेमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने संस्कृति संरक्षण मञ्च काँडेवासका पुर्व अध्यक्ष डिल बहादुर बुढाथोकीको गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments