Sorry, that menu does not exist.
 

हरिबोधनि एकादशी मेलाको अबसरमा घुस्मेलीमा मनोरन्जनात्मक कार्यक्रम !

मन्दिप निउरे, त।रा, २०७६ असोन २९ । घुम्टे हाम्रो शान पर्यटन बिकास हाम्रो अभियान भने मुल नाराको साथ बिगतका बर्षहरूपमा जस्तै यस बर्ष पनि त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका वँडा नम्बर ३ घुस्मेली बागलुङले हरिबोधनि एकादशी मेलाको पाबन अबसर पारेर यहि कातिक १८ गतेदेखि २२ गतेसम्म विविध सास्कृतिक एबम मनोरञ्जनाम कायक्रम मनाउन लागेको क्लबका अध्यक्ष जीवन बस्नेतले बताए ।

क्लबले मेलाको अबसरमा खुल्ला वडा स्यरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ६०, हजार, व्दििितय हुने समुहले नगद रु ३५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छन भने खुल्ला धनुषबाण प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार , व्दितिय हुने समुहले १२ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छन । सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १५ हजार , व्दितिय हुने समुहले नगद रु१० हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छन । सोलो बाइक रेस प्रतियोगितामा प्रथम हुनेले नगद रु ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्रिशुली युवा क्लबका सचिब गणेश बहादुर काकीले जानकारी दिए । क्लबले कातिक २२ गते हरिबोधनि एकादशि को दिन ३६५ हातको तोरण त्रिशुली नदीमा बाजा ,भजन ,सहित कायक्रममा रास्ट्रिय तथा स्यानिय कलाकारहरुले साँगीतिक प्रस्तुति रहने क्लबका अध्यक्ष बस्नेतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !