Sorry, that menu does not exist.
 

वामी टक्सारमा दशैँ तिहार धमाका सम्पन्न : कला, संस्कृति एवं साहित्य समाजका सम्पत्ति !

कौरव खत्री, गुल्मी २०७६ असोज ३० । गुल्मीको मुसिकोटमा वामीटक्सार युथ क्लवको आयोजनमा दशै तिहार धमाका २०७६ भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रकाश काफ्लेले कला संस्कृति र साहित्य हाम्रा समाजका अमूल्य सम्पत्ति भएको बताउदै मुसिकोट नगरपालिका कला संस्कृतिमा निकै धनी भएकोले यस्ता घाटु,सोरठी भैलो र सरायँ नाँच जस्ता कला संस्कृतिहरुको संरक्षण र प्रर्वद्धनमा मुसिकोट नगरपालिकाले जोड दिएको बताए ।

बुधवार मुसिकोट नगरपालिका ७ वामीटक्सारको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा भएको दशै तिहार धमाका बहुचर्चित लोकदोहोरी गायक प्रकाश सपूत, प्रिति आले, नृत्यकार विनिता शाही, स्वेता खड्का, लोकदोहोरी गायिका सुनिता विसी,नेपाल ओल्ड टु टप फाइभका अमृत बराल, डिजिए निक्स लगायत स्थानीय कलाकारहरुको समेत वेजोड साँस्कृतिक प्रस्तुती राखेको थियो ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायक प्रकाश सपुत र प्रिति आले बालक देखि वृद्धलाई समेत नचाएका थिए । कार्यक्रममा मुसिकोट नगरपालिका ८ का वडाध्यक्ष नारायण सापकोटा तथा वडा सदस्यहरु,पत्रकार,सुरक्षाकर्मी लगायत समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम युवा समाजसेवी विशेष श्रेष्ठको अध्यक्षता तथा वडाअध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता एवं लोकदोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !