Sorry, that menu does not exist.
 

बुर्तिवाङमा बढ्यो गुण्डाराज : जुवा बिरुद्धको समाचारलाई लिएर पत्रकार निराशीमाथी धम्की !

बुर्तिवाङ २०७६ असोज ३० । ढोरपाटन नगरपालिका तथा बुर्तिबाङ राईजिङ युवा क्लको संयुक्त आयोजनामा बुर्तिबाङ बजारमा आयोजित प्रथम मेयर गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला—२०७६ जारी रहेको छ । आज भलिबल प्रतियोगिता सुरु भएको छ । केहि समय पछी विभिन्न लोककलाकारहरुव्दारा सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

हिँजो जस्तो आजको मेलामा खोरखोरे लगायतका जुवाका खाल बुर्तिवाङ बजारमा देखिन्नन् । आज विहान पनि खोरखोरे खेलाउने सुरताल भैरहेकै अवस्थामा प्रहरीले खेलाउन अनुमती नदिएपछी खेलको खाल उठेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खेल खेलाउनेलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बुर्तिवाङ लैजादै प्रहरी ।

हिँजो असोज २९ गते बुर्तिवाङ बजारका चोकचोकमा खोरखोरे लगायतका जुवा खेल खेलाउनेहरुमाथी कार्बाहीको माग गर्दै ईबागलुङ डटकममा प्रकाशित समाचारलाई लिएर आज (असोज ३० गते) बिहान साढे दश बजेको समयमा मेला आयोजक संस्थामा आवद्ध केहि युवाहरुले पत्रकार लोकेन्द्र निराशीको स्वनिवासमै पुगेर तथानाम गाली, गलौच र धम्की दिने कार्यको सर्वत्र निन्दा एवं भत्र्सना गरिएको छ । कुनैपनि सन्चार माध्यममा प्रकाशित समाचारलाई लिएर सोहि सन्चार माध्यममार्फत खण्डन वा बिरोध जनाउनु पर्नेमा समाचार पठाएको शंका कै भरमा कुनै पत्रकार माथी जाईलाग्नु बुर्तिवाङमा गुण्डाराजको ज्वलन्त उदाहरण भएको ठहर बुद्धिजीवीहरुको छ ।

पत्रकार लोकेन्द्र निराशी
‘हामीले स्थानीय प्रशासन र प्रहरीको अनुमती लिएर खोरखोरे खेलाएका हौँ, समाचार तुरुन्त डिलिट गर अन्यथा …’ भन्दै धम्कीपूर्ण चेतावनी दिने युवा समुह कसको ईशारामा गुण्डाराज मच्चाई रहेछ ? मेला सुरु हुन पूर्व नै ‘सभ्य र सुरक्षित तवरले चाडपर्व मनाउन ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जुवा तास कौडा खोरखोरे जस्ता बिकृति जन्य कार्यमा सहभागी नबन्नुहोस नखेलाउनु होस’ भनी सार्वजनिक अनुरोध (दफा ३ ) जारी गरिसकेको अवस्थामा मेलाको मौका छोपेर बाहिरबाट जुवा खेलाउनेहरु बुर्तिवाङमा ल्याएर चोकचोकमा जुवाको खाल सन्चालन गर्ने हिम्मत आयोजक संस्थालाई कसरी आयो ? आयोजक संस्थाको मिलिभगत बिना बुर्तिवाङ बाहिरबाट आएर मेलामा ५ सय हजारको हानथाप हुने खोरखोरे खेल खेलाउन कस्को हिम्मत हुन्छ ? कसको संरक्षणमा खोरखोरेको टोली बुर्तिवाङ आएको हो ? अहिले बुर्तिवाङबासीका घरघरमा यी प्रश्नहरुको जवाफ खोजी भैरहेको छ ।

अर्कोतिर, यतिबेला बुर्तिवाङमा पत्रकारहरुको सुरक्षा गम्भीर विषय बनेको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री एवं प्रहरी उपरीक्षक नवराज भट्टलाई यस्को संज्ञान भैसकेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी प्रमुख सुरज खड्का पत्रकारलाई बोलाएर सुरक्षाको प्रत्याभूति दिईरहेका छन् भने नेपाल पत्रकार महासंघ बागलुङ र प्रगतिशील पत्रकार संघ, बागलुङले विज्ञप्ती प्रकाशित गरी घटनाप्रति दुख व्यक्त गर्दै दोषिमाथी कार्बाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ, बागलुङको विज्ञप्ती ।

प्रगतिशील पत्रकार संघ, बागलुङको विज्ञप्ती ।
यस अघीका अल्का आदि विभिन्न नाममा सन्चालित मेलामा समेत लाख डेढ लाख सम्म हारजीत हुने जुवा खेल हुने गरेकाले सन्चार माध्यमहरुले जुवाजन्य खेलहरु नियन्त्रण गर्न समाचार सम्प्रेषण गर्दै आएका हुन् । तर हिँजको मेलामा खेलिएको खोरखोरे खेल जारी राख्न नपाएकोमा आयोजक आक्रोशित छन् । यसलाई प्रेस्टिजको सवाल बनाएर गुण्डाराज मच्चाई रहेका छन् ।

बुर्तिवाङमा मौलाउदै गएको गुण्डाराज प्रति आम नागरिक चिन्तित छन् । बुर्तिवाङमा कसको ईशारमा गुण्डाराज चल्छ बुझ्न कठिन छैन, तर बुझेरपनि बुझ पचाउन बाध्यहुनेहरुले अब मुख खोल्नु पर्छ, बुर्तिवाङलाई गुण्डाराजको दमनबाट बचाउनु पर्छ ।
आवरण तस्वीर: भलिबल प्रतियोगिता सुरु ।
यी लिंकपनि पढौँ –

बुर्तिबाङका चोकचोकमा खेलको नाममा पैसा लुट्नेहरुको विगविगी !

विश्लेषण : प्रथम ढोरपाटन मेयर गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलामा जे देखियो !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments