लक्ष्मण बिसि, फलेवास,पर्वत २०७६ कात्तिक १ । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सहकारी मार्फत ग्रामणि भेगलाई आर्थीक समृद्धिको मार्गमा हिड्याउन सकिने बताएका छन् ।
गत हप्ता पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित कृष्ण गण्डकी उन्नत गाई भैंसी पालन सहकारी संस्थाको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले ग्रामिण विकासको आर्थिक परिर्वतनको सम्बाहकको रुपमा सहकारीलाई लिन सकिने बताएका हुन । आर्थिक अवस्था कमजोर भएका अति बिपन्न गरिब समुदायका वर्गहरुमा सहकारीको पहुँच बिस्तार गरी उनीहरुको आर्थिक पाटोलाई सबल र बलियो बनाउन सकिने उनले बताए ।
लम्सालले भने,“सहकारीको उत्पादनबाट उद्यमशिलता,स्वरोजगारी र उत्पादन बृद्धि गराउन सकिन्छ, त्यसको लागि सहकारीमा आबद्ध व्यक्तिहरुको लगनशिलता र इमान्दारिता पनि उत्तिकै आवश्यक पर्छ“ । कृषिमा आत्मनिर्भर हुने गरी काम गर्न सहकारीलाई आग्रह गर्दै उनले आर्थिक समृद्धि प्रति जिम्मेबार भई दिगो विकासमा टेवा पुग्ने गरी सहकारीले नयाँ योजना ल्याउनुपर्नेमा जोड दिए । मन्त्री लम्सालले सहकारीको जोखिम व्यवस्थापन,गुणस्तर सुनिश्चतताको ग्यारेण्टी गर्ने,रोजगारीको वातावरण मिलाउने तथा वित्त क्षेत्रहरुमा नयाँ प्रविधिको अबलम्बन गर्दै अगाडी लैजाने कुरामा प्रदेश सरकारको ध्यान गएको समेत बताए ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा वार्ड नं. ४ मुडिकुवाका वार्ड अध्यक्ष टिकाराम गौडेल, वार्ड नं. ६ देविस्थानका वार्ड अध्यक्ष भोलानाथ भुषाल, नेकपा फलेवास नगर कमिटी अध्यक्ष पिताम्बर घिमिरे लगाएतले बोलेका थिए ।
कार्यक्रममा वार्ड अध्यक्ष भोलानाथ भुषालले बिद्धुत नभएको बेलामा दुध फाट्ने र किसानहरुलाई नोक्सान हुने भएको हुदा जेनेरेटरको व्यवस्थापन गरिदिन माग गरे । त्यस्तै आगामी दिनहरूमा दुध राख्ने भाडाको कमि नहोस् भनेर थप चिलिम भ्याट र दुधको शुद्धता र मात्र मापन गर्नको लागि मिल्क यानालाईजर उपकरणको पनि व्यवस्थापन गर्न आग्रह गरेका छन् ।