Sorry, that menu does not exist.
 

प्रथम मेयर रनिङ गोल्ड कप, तेक्वान्दो तथा अन्य प्रतियोगितामा बिजयी खेलाडीलाई नगरप्रमुखव्दारा पुरस्कार वितरण !

सुमन सुनार, बुर्तिबाङ २०७६ कात्तिक २ । बुर्तिवाङमा आज सम्पन्न प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप एवम कोजाग्रत पुर्णिमा मेला–२०७६ का अवसरमा कार्यक्रमका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले विजयी खेलाडीहरुलाई मेडल प्रमाण पत्र र सम्मान प्रदान गरेका छन् ।

मेलाको मुख्य आकर्षण पुरुष एवं महिला भलिबल रहेपनि तेक्वान्दो लगायत विभिन्न प्रतियोगिाहरुमा विजय खेलाडीहरुलाई नगर प्रमुख नेपालीले प्रमाणपत्र प्रदान गरेका थिए ।

जिल्ला स्तरिय आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि ३२५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ स्वर्ण, ४ रजत ३ काश्य पदक प्राप्त गरि न्यू मोर्डन आईटीएफ तेक्वान्दो दोजाङ बुर्तिबाङ टीम च्याम्पियन बन्न सफल भएको छ । त्यस्तै ४ स्वर्ण, ४ रजत १३ काश्य पदक सहित ढोरपाटन आईटीएफ तेक्वान्दो एकाडेमी व्दितिय भएको छ ।

प्रतियोगितामा विजेताले क्रमशः रु. २० हजार र १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरी सोही प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी सुस्मिता थापा मगर र उत्कृष्ट पुरुष खेलाडी श्रीप्रसाद थापा मगर बनेका छन् ।

जिल्लास्तरीय व्यामिन्टन प्रतियोगितामा समुह ए तर्फ ढोरपाटन नगरपालिका वडा नं. ४ का थमराना र नारायण राना प्रथम, ढोरपाटन नगरपालिका वडा नं. १ का राजु पुन र देवनारायण बुढा द्धितिय, गल्कोट नगरपालिका हरिचौरका पवन हमाल र थम्मन सुनार व्दितिय तथा हटियाका भिमसेन श्रेष्ठ र बाबुराम चालीसे तृतिय हुनुभएको छ । समुह वि तर्फ गल्कोट नगरपालिका हटियाका स्यामु राना र दिलिप श्रेष्ठ प्रथम, बुर्तिबाङका राजु पून र तेजेन्द्र केशि द्धितिय, बडिगाड गाउँपालिका खर्वाङका अरुण खड्का र सरोज श्रीस, बुर्तिबाङका अमर लोप्चन र धुर्व पुन तृतिय भएका छन् । समुह सी तर्फ भने तमानखोला गाउँपालिका बोङगादोभानका भवानीशंकर पून र सोम घर्तिमगर प्रथम, खर्वाङका अमर थापा र फारम थापा द्धितिय, बुर्तिबाङका अमृत पून र भुवन शेरचन तथा बुर्तिबाङका दिल सेरबुजा र सन्तोष पुरी तृतिय भए ।

खुल्ला ग्रुप डान्स प्रतियोगितामा जनता आवासिय माध्यमिक विद्यालय बुर्तिबाङ प्रथम, न्यू मोर्डन एकेडेमी बुर्तिबाङ व्दितिय र बुर्तिबाङ डान्स सेन्टरको समुह तृतिय भएको छ । खुल्ला सिंगल डान्स प्रतियोगितामा बडिगाड गाउँपालिकाकी वर्षा सुनार प्रथम, गल्कोट नगरपालिकाका रोशन घर्ति मगर व्दितिय भएका छन् ।

यस्तै रस्सा कस्सा प्रतियोगितामा टिप्पन टाप्पन ग्रुप बुर्तिबाङ प्रथम, पुरुष छेलो प्रतियोगितामा किसान विश्वकर्मा प्रथम, महिला छेला प्रतियोगितामा तारा भण्डारी प्रथम, स्लो बाईक रेश प्रतियोगितामा ध्रुव मगर प्रथम हुन सफल हुनुभएको छ । आयोजकका अनुसार जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता र कृषि प्रर्दशनीको समेत आयोजना गरिएको थियो ।

आयोजित प्रतियोगितात्मक कार्यक्रममा विजेता बन्न सफल प्रतियोगीहरुलाई ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीव्दारा नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गत असोज २६ गतेबाट सञ्चालन भएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु बसन्त थापा, विष्णु खत्री, प्रकास सपुत, शान्तीश्री परियार, प्रिती आले, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल लगायतको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

कोजाग्रत पुर्णिमा तथा बुर्तिबाङ राईजिङ युवा क्लवको १७ औँ वार्षिकोत्सवको अवसरमा ढोरपाटन नगरपालिका र राईजिङ युवा क्लव बुर्तिबाङले संयुक्त रुपमा उक्त कार्यक्रमहरुको आयोजना गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !