बागलुङ २०७६ कात्तिक २ । बागलुङ सदरमुकाममा रहेका निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाले आगामी तिन वर्षको रणनैतिक योजना समेत बनाएको छ । संस्थाले आगामी ३ वर्षमा ४ करोडको शेयर पुँजी पु¥याउने लक्ष्य राखेको छ ।
त्यसैगरी १ हजार ५ सय ७५ शेयर सदस्य र १८ करोडको निक्षेप कारोबार गर्ने लक्ष्य राखेको संस्थाका सचिव मिनबहादुर केसी मिलनले जानकारी दिए ।
साधारण सभाको उद्घाटन् गर्दै संस्थाका सल्लाहकार दिपेन्द्र बहादुर थापाले सहकारीले व्यक्ति र समाजको समृद्धिका लागि मद्धत पु¥याएको बताए । उनले सहकारी मार्फत कृषि, शिक्षा, र स्वास्थ्य जस्ता क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताए । हाम्रो सहयात्री भनेकै सहकारी हो थापाले भने ‘सहकारी सँगको हातेमालो नै हामीलाई दैनिक कारोबारका लागि सहज पु¥याउछ ।, अनि बल्ला घर र समाज दुवैमा समृद्धि आउँछ । थापाले सम्पुर्ण शेयर संस्थालाई दिगो बनाउनका निम्ती निरन्तर यसै सहकारी मार्फत कारोबार गर्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष एवं संस्थाका संचालक समिति सदस्य ज्ञानेन्द्र गौतम, सल्लाहकार भुमिश्वर गौतम, काठेखोला गाउँपालिका–४ का वडा अध्यक्ष एवं संस्थाका शेयर सदस्य केशर बहादुर थापा, स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष सिता शर्मा, बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त आचार्य, तथ्याङक कार्यालय बागलुङका कार्यालय प्रमुख एवं संस्थाका शेयर सदस्य मुकुन्द प्रसाद शर्मा, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष तेजप्रसाद शर्मा लगायतले बोलेका थिए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल ७ सय ४२ शेयर सदस्य छन भने कुल २ करोड २१ लाख ५४ हजार ६ सय रुपैयाँ शेयर पुँजी रहेको छ । संंस्थामा गत वर्षको तुलनामा यस वर्ष लगानीमा रहेको कर्जाको बृद्धिदर पनि झण्डै ७६ प्रतिशतले बृद्धि भएको संस्थाका प्रवन्धक डिल्लीप्रसाद शर्माले जानकारी दिए । संस्थाको निक्षेफ तर्फ कुल १० करोड २३ लाख ४१ हजार २ सय ९१ रहेको छ ।
संस्थाले पुर्व अध्यक्ष, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट शेयर सदस्य उत्कृष्ट कर्मचारी सर्वौकृष्ट करोबारकर्ता, उत्कृष्ट अधयावधिक बचतकर्ता, असल कर्जा भुक्तानी। उत्कृष्ट बाल बचत लगायत गरी झण्डै ९५ जनालाई जनालाई सम्मान गरेको थियो ।
संस्थाले शेयर सदस्य वा आफ्न्तको मृत्यु भएमा सामाजिक सुरक्षा रकम प्रदान गर्नुका साथै शेयर सदस्यहरु सत्केरी भएमा सत्केरी पोषण खर्च पनि प्रदान गर्दै आएको छ ।
साधारण सभाले सचिव मिनबहादुर केसीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक आनन्द प्रसाद शर्माको लेखा प्रतिवेदन सर्व सम्मत पारित गरेको थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता उपाध्यक्ष डिल्ली प्रसाद गौतमको स्वागत र सचिव मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो ।