Sorry, that menu does not exist.
 

संगै हाँस्ने सँगै रुने यही एउटा ऐनारैछ !

झलक काउचा, बागलुङ

कहिले लाग्छ यो जिन्दगी भौतारिएको सिकारी जस्तो
कहिले लाग्छ भएर पनि माग्न बसेको भिखारी जस्तो
भगवानले त सबैथोक दिए कम्जोर त म आफै भएछु
कहिले लाग्छ राखेनि फालेनि हुने बेकामी दारी जस्तो !
***
कती लाउछ्यौ जिनको पैन्ट गुन्युचोली फेर्दा अर्कै हुन्छ
पछ्यौरीले मुख छोपी तिमीले लजाई हेर्दा अर्कै हुन्छ
आजकलको माया प्रेम सबै कुरा इन्टरनेटमा हुने
कती बोल्छ्यौ च्याटमा मात्र अङ्गालोमा बेर्दा अर्कै हुन्छ !
***
दशैँमा काटेको त्यो घोर्ले खशी सम्झन्छु
त्यो रमाइलो पल प्रदेशमा बशी सम्झन्छु
गीतले त भन्छ चालिस काटेसि रमाउला
रमाउने उमेर चालिस हैन असि सम्झन्छु !
***
मलाई देखेर बाटोमा उस्ले जिब्रो पड्काउछे
माया लाउछ्यौ कान्छि भन्दा आंखा फर्काउछे
जिब्रो पड्काउनेनि उहि आंखा फर्काउनेनि उही
केटि देख्न पाएछैन कान्छा भन्दै उल्टै थर्काउछे
***
सुख छदा सबै आफ्नो दु:ख पर्दा छैनरैछ
संगै हास्ने सँगै रुने यही एउटा ऐनारैछ
टुक्रा टुक्रा बनोस ऐना तर पनि साथी बन्छ
दु:ख पर्दा सब्ले यहाँ बरा भन्दै जरा खन्छ
आसुँ मात्र सधैं आफ्नो खुशी आफ्नो हैनरैछ
संगै हाँस्ने सँगै रुने यही एउटा ऐनारैछ !
***

हाल, दक्षिण कोरिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !