Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालमा ताईवान र नेपालका ३ सय स्वास्थ्यकर्मीको सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ कात्तिक ४ । धौलागिरी अस्पतालमा यहि कात्तिक ६ र ७ गते दुई दिवसीय नि:शुल्क बृहत स्वास्थ्य शिविर आयोजना हुने भएको छ । शिविरमा ताईवान र नेपालका विभिन्न स्वास्थ्य निकायबाट झण्डै ३ सय भन्दा बढी स्वास्थ्यकर्मी, स्वयंसेवीहरुबाट सेवा उपलव्ध हुने छ ।

रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान (चीन) तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ र धौलागिरी अस्पताल बागलुङको संयुक्त आयोजनामा हुन गैरहेको नि:शुल्क बृहत स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनीयाँ (ताईवान)औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी सेवा उपलव्ध हुने बताईएको छ ।

शिविरमा ताईवानबाट ३० जना सहित १२० जनाको मेडिकल टिम, नेपालबाट ५० जना डाक्टर सहित १५० जना रोटरियन मेडिकल टिम स्वयंसेवी, पोखरा हेल्थ साईन्स एकेडमी, पश्चिम नेपाल स्वास्थ्य एकेडमी, हिमालय आँखा अस्पतालको टिमले शिविरमा सेवा दिने जनाईएको छ ।

शिविरमा चेकजाँच गराउन आउने सेवाग्राहीको नाम दर्ता कार्य सुरु भएको पनि आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments