Sorry, that menu does not exist.
 

नेपाली सेनाको सहयोगमा बागलुङ नगर खानेपानीको पाईप मर्मत कार्य सुरु !

बागलुङ, २०७६ कात्तिक ५ । बागलुङ बजारमा ल्याईएको नगर खानेपानीको पाईपलाई व्यवस्थित गर्ने काम थालिएको छ । गत असोज महिनामा बानपा ३ बोक्सेमा गएको पहिरोले बजार क्षेत्रभित्र ल्याईएको खानेपानीको पाईप बगाएर समस्या उत्पन्न भएको थियो । नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङको टोली तथा नगर खानेपानी संस्थाको संयुक्त सहयोगमा मर्मत कार्य थालिएको बागलुङ नगर खानेपानी तथा सरसफााई उपभोक्ता संस्थाले जनाएको छ ।

पहिरोले पानीको पाईप बगाउदा बजार क्षेत्रभित्र प्रयाप्त पिउने पानी उपलब्ध गराउन समस्या परेको थियो । रेशबाट ल्याईएको पानीको पाईप पटक पटक आएको पहिरोले बगाएपछि त्यसलाई व्यवस्थित रुपमा मर्मत गरि ल्याउने काम थालिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले ईबागलुङलाई बताए ।

प्रवन्धक शर्माका अनुसार नेपाली सेनाकोे सहयोगबाट सो स्थानमा ढुङगा जम्मा गरि ग्याविन लगाउने काम थालिएको छ । उनले भने, एक हप्ता अगाडि पनि नेपाली सेनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो ।

काठेखोला गाउपालिका रेशबाट बागलुङ बजारमा खानेपानी ल्याईएको छ । मर्मत कार्य तदारुकताका साथ भईरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट खानेपानी ल्याईएको छ ।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट १७ लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । अहिले ३ वटा मुहानबाट ल्याईएको पानी अपुग भएपछि काठेखोला मुहानबाट लिफट सिस्टमबाट पानी ल्याउने काम समेत थालिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment