Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालमा सुरु भएको दुई दिने नि:शुल्क बृहत स्वास्थ्य शिविरमा सेवाग्राहीको भीड !

कुसुम थिङ, बागलुङ २०७६ कात्तिक ६ । धौलागिरी अस्पतालमा नि:शुल्क बृहत स्वास्थ्य शिविर (Free Mega Health Camp) सुरु भएको छ । अस्पताल परिसरमा विहान देखिनै सेवाग्राहीको भीड लागेको छ भने शिविरमा आवद्ध स्वास्थ्यकर्मी एवं स्वयंसेवक तथा सेविकाहरुलाई भ्याई नभ्याई छ । शिविरले ठुलै मेलाको रुप लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शिविरमा ताईवानी, पोखरा स्थित गण्डकी अस्पताल, हिमालय आँखा अस्पताल र धौलागिरी अस्पतालका चिकित्सकहरुको सेवा उपलव्ध भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माल ईबागलुङलाई जानकारी दिए । शर्माका अनुसार शिविरमा ताईवानबाट ३० जना, पोखरा स्थित गण्डकी अस्पतालबाट १७ जना, हिमालय आँखा अस्पताल पोखराबाट २ जना र धौलागिरी अस्पतालमा कार्यरत चिकित्सकहरुबाट सेवाग्राहीहरुको चेकजाँच तथा उपचार भैरहेको छ । यो समाचार लेखिरहँदा शिविरमा ९ सय जनाको स्वास्थ्य जाँच भैसकेको छ ।

रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ र धौलागिरी अस्पताल बागलुङको संयुक्त आयोजनामा सुरु भएको निस्शुल्क बृहत स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनीयाँ (ताईवान)औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी सेवा दिईने आयोजकले जानकारी दिएका छन् ।

शिविर भोलि सम्म चल्ने बतााईएको छ ।

यो लिंक पनि पढौँ
धौलागिरी अस्पतालमा ताईवान र नेपालका ३ सय स्वास्थ्यकर्मीको सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !