Sorry, that menu does not exist.
 

पचासौँ लाख लगानीमा बाख्रा पालनमा व्यस्त निसीखोलाका नरबहादुर कुवँर !

छविलाल पाण्डे, बुर्तिबाङ २०७६ कात्तिक ७ । निसीखोलाका एक युवा गाउँमै खसीबोका पाल्न फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्ने अभियानमा सक्रिय छन् ।

गत बर्ष असार महिनादेखि आफनै ५० रोपनी खेतियोग्य जमिनमा घाँस उत्पादन गर्दे व्यवसायिक रुपमा खसी बोका पाल्न सुरु गरेका स्थानीय युवा नरबहादुर कुवँरको फार्ममा हाल डेढ बर्षमै ७० बढी बोयर जातका र लोकल खसी बाख्रा देख्न सकिन्छ ।

व्यबसायिक रुपमा खसीबोका पाल्ने कृषकहरुको कमि भइरहेको अवस्थामा ३० बर्षिय युवा कुवँरले बैदेशिक रोजगारी देखि गाउँमै कुखुरा फार्म, पसल तथा विभिन्न पेसा व्यबसाय गर्दै अगाडी बढेका कुवँरले आफ्नै सक्रियतामा पाँचलाख लगानीबाट फार्म सञ्चालन गरेर हाल ५० लाख सम्मको लगानी भइसकेको बताए ।

बिशेष गरी बोयर जातको बाख्रा उत्पादनमा लागेका उनको फार्ममा ७ लाख मूल्यको उन्नत जातको एक बोका छ स्थानीय जातका बाख्रालाई क्रस गराएर बोयर बनाउने अभियानमा लागेका उनले हाल डेढ बर्षमै खसी बाख्राको सँख्या १२ वटा बढाएर ७० पुर्याएका छन् भने कतिपय पाठापाठी विक्री समेत गरेको बताउछन् । आगामि दिनमा उक्त सँख्यालाई बढाउदै लैजाने र व्याडको रुपमा बोयर बोका तथा पाठा विक्री गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

पैसा कमाउनका निम्ती आफुले धेरै ठक्कर खाइसकेको बताउने कुँवरले ५५ रोपनी जमिनमा विभिन्न ३० प्रकारका डाले र भुँई घाँस उत्पादन गर्दै आएका छुन् । आगामि दिनमा खसी बोकाको सँख्या बृद्धि गर्दै लैजाने र केहि युवाहरुलाई समेत स्वरोजगार बनाउने अभियामा आफु जुटिरहेको कुवँरको भनाई छ । दीर्घकालीन लक्षसहित आफु कृर्षि पेशामा लागेका कारण आफु तथा आफुजस्ता कृषहरुलाई राज्यले सहि तवरले मूल्याँकन गर्नुपर्ने बताउँदै कतिपय अवस्थामा दुख गर्ने भन्दा बढि चाकडी गर्ने झोलामा फर्म बोकेर हिँड्ने झोले कृषहरुले अनुदान पाउने अवस्था समेत देखिएका कारण राज्यले उचितु मूल्याँकन गर्नुपर्नेमा जोड् दिन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

9 Comments