कुसुम थिङ, बागलुङ २०७६ कात्तिक ८ । तिहार (दीपावली)को मुखैमा जिल्ला प्रशासन कार्यालय बागलुङले कोहि कसैले अनुचित फाईदा लिने उद्देश्यले गुणस्तरहीन बस्तु बिक्रि गर्ने, खाद्य पदार्थ एव मिठाईमा अखाद्य रंग प्रयोग गर्ने, सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा लिने, जुवातास खेल्ने खेलाउने, मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने लगायत कानून बिपरीत भूईचम्पा, पटाका, आतिसबाजी, प्रज्वलनशील, विष्फोटक पदार्थ ओसार पसार बिक्री वितरण तथा प्रयोग नगर्न अनुरोध सहिनको निर्देशन जारी गरेको छ । निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले तिहारको अवसरमा यमपन्चकको अवधिभर बेलुकी १० बजे सम्म मात्र देउसी भैलो खेल्न र मदिराजन्य पदार्थ बिक्री वितरण गर्ने व्यवसायी समेतले प्रचलित कानून र कार्यविधी अनुसार गर्न अनुरोध गर्दै यस बर्खिलाप हुनेगरी कार्य गरे गराए नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले आज शुक्रबार जारी गरेको सूचनामा यदि कसैले गैरकानूनी कृयाकलाप गरे गराएको पाईएमा कानून बमोजिम कार्बाही हुने समेत जनाएको छ ।