Sorry, that menu does not exist.
 

निसीको पातीहाल्नेमा रुकुम(पूर्व)ले प्रवेशव्दार निर्माण गर्ने विषयमा उत्पन्न सीमा विवाद मिलेन

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक ९ । गण्डकी प्रदेशको बागलुङ र पाँच नम्बर प्रदेशको पूर्वी रुकुमको सीमानालाई लिएर उत्पन्न विवाद शुक्रबार बसेको सर्वपक्षीय छलफलले टुँगाउन सकेन । बागलुङको निसीखोला गाउँपालिका ६ मा रहेको पातीहाल्ने स्थानमा रुकुम पूर्वको भूमे गाउँपालिकाले प्रवेशव्दार निर्माण गर्न थालेपछी निसीखोला गाउँपालिकाले आफ्नो ईलाकामा आएर प्रवेशव्दार बनाउन रोकेपछि बिवाद उत्पन्न भएको हो । दुबै पक्षले हठ नछोडेपछि तिहार सकिए लगत्तै पुन छलफल गर्ने सहमती भएकोे सहभागीहरुले बताएका छन् ।

बागलुङ जिल्लाको निसीखोला गाउपालिकाको पातीहाल्ने स्थल परापूर्व काल देखी नै आफनो इलाकामा पर्ने भन्दै रुकुम पूर्वलाई त्यस्मा प्रवेशव्दार निर्माण गर्न रोकेको र उता रुकुम भूमे गाउपालिका पक्षले पातीहाल्नेलाई आफनो इलाकामापनि पर्नेे जिरिह गरेपछी छलफल निश्कर्षमा पुग्न नसकेको बताईएको छ ।

निसीखोला गाउपालिका- ६ पातीहाल्ने (चढाउने) स्थलमा रहेको होटल ।
निसीखोलाको पातिहाल्ने स्थान धार्मिक दृष्टिकोणले महत्वपूर्ण बिसौनाको रुपमा लिईन्छ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यसै पातिहाल्ने छिचौल्दै भूमे (रुकुम) प्रवेश गरेकाले रुकुमेलीहरुले यस धार्मिक बिसौनालाई आफ्नो जिल्लामा पर्ने किचलो निकालेको स्थानीयको आरोप छ ।

हिँजो शुक्रबार दुबै क्षेत्रका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधी, जिल्ला समन्वय समितीका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधी र स्थानीयबासीको व्यापक उपस्थितीमा आ –आफनो सिमाना क्षेत्रलाई आधार बनाएर गेट निर्माण देखि अन्य विकास निर्माणका बिषयमा व्यापक छलफल गरिएपनी निश्कर्षमा पुग्न नसकिएको श्रोतले बतायो ।

शुक्रबार आयोजित छलफलमा बागलुङ जिल्लाको तर्फबाट प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र भटराई, जिल्ला समन्वय समिती प्रमुख राजेन्द्र ढुँगाना, उपप्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला समन्वय अधिकारी, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, निसीखोला गाउँपालिका वडा नंं.२,३,४,५,६ का वडा अध्यक्षहरु राजनैतिक दलका प्रमुख, स्थानीय बासिको उपश्थिती रहेको थियो भने रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका प्रमुख गजेन्द्र बहादुर वली, उपप्रमुख भिमकुमारी पुन, भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर, वडा अध्यक्ष स्थानीयबासी लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment