कौरव खत्री, गुल्मी २०७६ कात्तिक ९ । गुल्मी मुसिकोटको एक निम्न माध्यमिक विद्यालयको लागि आर्थिक सहयोग गर्ने दुई जना चन्दादाताहरुलाई सम्मान गरिएको छ ।
शुक्रवार मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेमा स्थित श्री भगवति निम्न माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सामाग्रीहरु सहयोग गरेका मदाने गाँउपालिका ३ जलुकेनी समाजसेवी निवासी लोक बहादुर केसी र विद्यालयको लागि नगद नगद रु.७० हजार सहयोग गर्ने मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी समाजसेवी शंकर नेपालीलाई फुलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सोही अवसरमा सोही वडाका आर्थिक सहयोगी शंकर नेपालीले विद्यालयको लागि थप ३१ हजार आर्थिक सहयोगको घोषणा गरेको थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका १ का बरिष्ठ समाजसेवी दान बहादुर केसीले शिक्षा क्षेत्रमा पु¥याएको सहयोगले चन्दादाता लोक बहादुर केसी र शंकर नेपाली शिक्षाको वृद्धि विकास गर्नका लागि आफू बिदेशमा भएर पनि गाँउठाँउमा रहेको सहयोग उदाहरणीय रहेकोले शिक्षाको विकास एउटा नयाँ आयाम थप्ने कार्य भएको बताए ।
सोही अवसरमा विशिष्ट अतिथि समाजसेवी तथा सहयोगी लोक बहादुर केसीले विद्यालयको चौतर्फी विकासमा सबै सरोकारवालाहरु मिलेर विद्यालयको प्रगति हुने भन्दै विद्यालयको लागि भावी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जायर गरे ।
सोही अवसरमा विद्यालयको लागि विभिन्न समयमा योगदान पु¥याएका पत्रकार तथा उषा स्मृति प्रतिष्ठानका प्रतिनिधि कौरव खत्री,समाजसेवी पुष्पा रायमाझी र नेरा त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली लगायतलाई फुलमाला र दोसल्लाले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी,शिक्षक स्टाफ,महिला,युवा,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर गुरुङ्गको अध्यक्षता तथा मुसिकोट नगरपालिका १ पौदीअमराईका वरिष्ठ समाजसेवी दान बहादुर केसीको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक कृष्ण बहादुर हमालले गरेका थिए ।
यस्तै
शुक्रवार मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरमा अवस्थित गंगा प्राथमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विद्यालयको लागि एक थान ल्यापटप सहयोग गरेका मदाने गाँउपालिका ३ जलुकेनी निवासी समाजसेवी लोक बहादुर केसीलाई फुलमाला दोसल्ला र खादाले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समाजसेवी तथा सहयोगी लोक बहादुर केसीले विद्यालयको शैक्षिक वृद्धि विकासमा सबै पक्ष मिलेर अगाडी बढ्नु पर्ने भन्दै विद्यालयका सरोकारवालाहरुले चासो दिनु पर्ने बताउदै विद्यालयको लागि भावी दिनहरुमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जायर गरेका थिए ।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी खत्री,रामकली कुमाल,रविलाल कुमाल,शिक्षक अभिभावक संघका अध्यक्ष यम बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णु बहादुर खत्री,पूर्व शिक्षक कृष्ण बहादुर खत्री,नेरा त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महत,सोही विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली एवं विद्यालयका शिक्षक स्टाफ,महिला,युवा, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खत्रीको अध्यक्षता रहेका कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक केवी खत्रीले गरेका थिए ।