बुर्तिवाङ २०७६ कात्तिक ११ । बाम तालमेलबाट बागलुङ जिल्लाको क्षेत्र नं २ ख बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको निधन भएपछी मंसिर १४ गते हुने उपचुुनावमा राजमोलाई नेकपाले समर्थन गर्ने नेकपाका एक अध्यक्ष केपी वली र राजमो अध्यक्ष चित्रबहादुर केसीबीच भएको सहमती बिथोलिने संभावना बढेको छ ।
* यो पनि पढौँ:नेकपा/राजमो तालमेल धरापमा ? चुनाव जित्ने उमेदवारलाई सिफारिस गर्न अध्यक्ष प्रचण्ड समक्ष आग्रह !
जिल्लाका नेकपा शीर्ष नेताहरुले हिँजो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड तथा महासचिव विष्णु पौडेलसंग भेटगरी चुनाव जित्ने उमेदवारलाई सिफारिस गर्न आग्रह गर्दै नेकपाले राजमोलााई सहयोग गर्ने सहमतीप्रति असन्तुष्टी व्यक्त गरेकै दिन साँझ प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भै आएका सम्भावित दश जना उमेदवारहरु मध्य चारजना तुलसी अर्याल, मोहनलाल शर्मा, प्रेम घर्ती र सीता कँडेलको नाम उमेदवारमा सिफारिस गरेको पार्टी सूत्रको दाबी छ ।
* * यो पनि पढौँ: बागलुङ क्षेत्र नं २ प्रदेश (ख) उप निर्वाचन : यस्तो छ, विश्लेषण !
यसअघी नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) बागलुङले गत कात्तिक ६ गते जिल्ला सदस्य तुल्सिराम अर्याल, प्रदेश सदस्य प्रेम घर्ती, जिल्ला सदस्य चन्द्रलाल अर्याल, मोहनलाल शर्मा, बलबहादुर श्रीपाली, केशर छन्त्याल, टँकप्रसाद पौडेल, ऋतुवर्ण पौडेल, वीरबहादुर विश्वकर्मा र महिलाबाट सीता कँडेल सहिन १० जना सम्भावित उमेलबारको नाम प्रदेशमा पठाएको थियो ।
* यो पनि पढौँ : क्षेत्र नं २ ‘ख’ प्रदेश सांसदको उप निर्वाचनमा बाम एकताको बिकल्प छैन !
ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले निसीखोलाको एक कार्यक्रममा उपनिर्वाचनमा नेकपा र राजमो मिलेर काँग्रेस बिरुद्ध चुनावी मैदानमा जानु पर्ने आवश्यकता रहेको बताएपनि उनले राजमोलाई समर्थन गर्ने बारे केहि बोलेका थिएनन् । तर नेकपाको एक पंक्ति एक्लै निर्वाचनमा जानु पर्ने भन्दै लविङ गर्दै आएको छ ।
* यो पनि पढौँ :नेकपाबाट मोहनलाल शर्मा र तुलसी अर्यालको नाम उमेदवारको अग्रपंक्तिमा !
गत निर्वाचनको मतसंख्यालाई नियाल्दा नेकपा र राजमो छुट्टा छुट्टै निर्वाचनमा जाँदा नेपाली काँग्रेसले बाजी मार्ने आशंका व्यक्तगर्दै राजमोलाई सकभर आफ्नै पाटीको पक्षमा सहमती बनाउने अन्यथा राजमोलाई समर्थन गर्ने मनस्थितिमा नेकपाका केहि कार्यकर्ताहरु देखिएका छन् ।
* यो पनि पढौँ : सांसद छन्त्याल र पार्टी सभापति थापाको रोजाईमा तुलासिँह घर्ती ?
पछिल्लो समय विकसित क्षेत्र नं २ ख को चुनावी माहौललाई नजिकबाट नियाल्नेहरु नेकपा, राजमो र नेपाली काँग्रेसवीच त्रिकोणात्मक चुनावी प्रतिष्पर्धा भएमा यसैले बाजी मार्छ भन्न नसकिने बताएका छन् । उनिहरुको तर्कमा नेकपाले समर्थन नगरे आफ्नो मत संरक्षण गर्न उमेदवारी दिने तर नेकपालाई समर्थन नगर्ने कुरामा राजमो स्पष्ट छ । उता नेपाली काँग्रेस भित्र उमेदवार छनौटलाई लिएर देखिएको तीब्र गुटबन्दीले काँग्रेसलाई प्रत्युत्पादक सावित हुने पर्यवेक्षकहरुको बताईरहेका छन्् ।
3 Comments