Sorry, that menu does not exist.
 

नगरप्रमुख नेपालीव्दारा सिसाखानीको एक सामाजिक संस्थामा रु १ लाखको अक्षयकोष स्थापना !

हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ कात्तिक १३ । बडिगाड गाउँपालिका–३ सिसाखानीमा रहेको गराङचौर तथा देवीढोका संरक्षण मञ्चका लागि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले रु. १ लाख १ हजारको अक्षयकोष स्थापना गरिदिएका छन् ।

मञ्चद्धारा आफ्नो दोस्रो बार्षिकोत्सव तथा दीपावलीका अवसरमा आयोजित तिहार विशेष कार्यक्रम उद्घाटनका अवसरमा नेपालीले मञ्चका लागि अक्षयकोष स्थापना गरिदिएका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालीले अक्षयकोषको रकमलाई सहि स्थानमा सदुपयोग गर्न आग्रह गरेका थिए । क्लवहरुले वर्षमा एक पटक मेला लगाउने मात्र नभएर सामाजिक विकासमा पनि अग्रसर हुन आवश्यक रहेको बताए ।

भौगोलिक विकटताका कारण सिसाखानीका जनता हरेक क्षेत्रबाट पिछडिएको भन्दै नगर प्रमुख नेपालीले त्यहाँको विकास र समृद्धिका लागि आफुले प्रदेश देखि केन्द्र सम्म विशेष पहल गर्ने प्रतिवद्धता जनाए । उनले सिसाखानीको गराङचौर अत्यन्तै सुन्दर र रमणीय स्थल रहेको बताउँदै त्यस स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।

कार्यक्रमकै अवसरमा नगर प्रमुख नेपालीले सिसाखानीको तारञ्जा स्थित कंचनापुर आधारभुत विद्यालयका लागि आफुले व्यक्तिगत रुपमा तलव भत्ता भुक्तानी गर्ने गरी १ जना शिक्षकको व्यवस्था तथा सिसाखानीका गरिव, दलित तथा विपन्न ३ घर परिवारको घर रंगिन जस्ता पाताले छाईदिने प्रतिवद्धता जनाए । मञ्च सहित सम्बन्धीत वडा कार्यालयलाई त्यस्ता घरपरिवार छनौट गरी आफुसंग सम्पर्क राख्न उनको आग्रह थियो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटि सदस्य सुनिल शेरचन, बडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, वडा नं. ३ का वडा अध्यक्ष खडक पुन, शिक्षक होम बहादुर घर्ति, नगर प्रमुख नेपालीका धर्मपत्नी छेला नेपाली लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थीती रहेको थियो ।

मञ्चले आफ्नो दोस्रो बार्षिकोत्सव तथा दिपावलीका अवसरमा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गत ५ गतेबाट सुरु भएपनि कार्यक्रमको विधिवत उद्घाटन संगै समापन भने आईतबार गरिएको हो ।
मञ्चका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सेरु विश्वकर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव हेम विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments