Sorry, that menu does not exist.
 

गण्डकी प्रदेश स्तरीय बक्तृत्व कला प्रतियोगितामा बागलुङकी श्रद्धा क्षेत्री उत्कृष्ट !

ताराप्रसाद शर्मा, बागलुङ २०७६ कात्तिक १७ । सत्य सेवा साई संगठन नेपालले स्याङ्जामा आयोजना गरेको बक्तृत्वकला प्रतियोगिताको उपाधी गुराँश बिद्या सदन बागलुङकी छात्रा श्रद्धा क्षेत्रीले जितेकी छन् ।

सत्य सेवा साई संगठन नेपालले सृजनात्मक बाल कार्यक्रम अन्तरगत आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बक्तृत्व कला प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लावाट सहभागी २ सय प्रतियोगीलाई पछि पार्दै श्रद्धा क्षेत्री उत्कृष्ट बनेकी हुन् ।

बिद्यालयका प्रिन्सिपल निशान खड्काका अनुसार गुराँश बिद्या सदनमा कक्षा ३ मा अध्यनरत ८ बर्षिया छात्रा क्षेत्रीले ४ वटा शिर्षक अन्तरगत गोलाप्रथाव्दारा छानिएको राम्रो बानी शिर्षकमा आफ्नो उत्कृष्ठ प्रस्तुती दिएकी थिईन् । ३ समुहमा बिभाजन गरि राम्रो बानी, बालबिकास, प्रेम र सहयोगी ४ वटा शिर्षकमा गराइएको प्रतियोगितामा सहभागी सवै समुहका प्रतियोगिहरुलाई छात्रा क्षेत्रीले पछि पारेकी हुन् ।

९ बर्षसम्मका बालबालिकालाई समुह क, ११ बर्षसम्मकालाई समुह ख र १४ बर्ष सम्मकालाई समुह ग मा बिभाजन गरि बिभिन्न बिधामा प्रतिस्पर्धा गराइएको थियो । समुह क बाट बक्तृत्वकलामा सहभागी छात्रा क्षेत्रीको प्रस्तुती सोचे भन्दा पनि उत्कृष्ट भएको प्रिन्सीपल खड्काको भनाई थियो । नृत्यमा पनि उत्तिकै दख्खल राख्ने क्षेत्रीले बक्तृत्वकलामा पनि उत्कृष्ट स्थान हासिल गर्दै सम्मानपत्र र मायाको चिनो प्राप्त गरेको बताइएको छ । प्रतियोगितामा बागलुङवाट बिभिन्न बिद्यालयका गरि ९ जनाको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment