Sorry, that menu does not exist.
 

NYC ताराखोलाको बार्षिकोत्सव तथा दिपवाली मेलाको समापन आज : क्लवले गरेको काम सह्रानीय – सांसद दीपा

सज्जन कुमार सिंह, ताराखोला बागलुङ २०७६ कात्तिक १८ । नव सिर्जना युवा क्लव (NYC) ताराखोलाको सोह्रौ बार्षिकोत्सव तथा दिपवाली मेलाकोे गण्डकी प्रदेशका सदस्य दिलकुमारी रोका दीपाले उद्घाटन गर्दै ताराखोलाको दुर्गम गाउमा रहेर क्लवले गरेको काम सह्रानीय भएको बताउदै गाउमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार, ढुंगाखानीहरु सञ्चालनमा ल्याएर उत्पादनमा जोडिने नेतृत्व पनि क्लवले गर्नुपर्ने औँल्याईन् ।

प्रदेश सरकारले एक घर एक धाराको अवधारा अनुसार ताराखोलामा सबै घरघरमा पानी पुर्‍याउने लक्ष्य राखेको बताईन् । उनले ग्रामिण भेगमा मोटरबाटो विद्युत लगाएतका विकासमा सरकारले प्राथमिकताका साथ दिने र आफुले पनि आफ्नो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

ताराखोला गाउपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले क्लवमा सहभागी युवाले समाज परिवर्तनमा खेलेको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्दै ताराखोला भित्र यस सस्थाले गरेका कामले आफुलाइ निकै खुसी लागेको बताईन् । युवाहरु अघि बढे समाजले छोटो समयमै काचुली फेर्छ भन्ने उपाध्यक्ष पुनको भनाई थियो ।

सस्थाका सल्लाहकार तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश केसीले शुभकामना दिदै नवसिर्जना युवा क्लवले विपतमा परेका व्यक्ति, शैक्षिक क्षेत्रमा पनि सकरात्मक भुमिका निर्वाह गरेकोले सबैको मन जित्न सफल भएका बताए । नेपाल माविको स्वर्णउत्सवमा क्लवकै पहलमा रु दश लाख रकम उठाएर विद्यालय प्रदान गरेको थियो । जेष्ठ नागरिक,विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गर्दै आएको छ यो सह्रानीय काम हो केसीले भने ।

जिल्ला समन्वय समिति बागलुङका सदस्य फूलमाया पुन ‘जलजला’ क्लवले निकै सकरात्मक ढंगले आफ्ना क्रियाकलाप अघि बढाएको प्रति खुसी व्यक्त गरेकी थिईन ।

क्लवले बार्षिकोत्सवको अवसरमा पाच जना जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाइ दोसल्ला र न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै गरिव तथा जेहेन्दार ८ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेको छ ।

ताराखोला गाउपालिकाबाट सञ्चार क्षेत्रमा योगदान दिल निशानी, कृषि क्षेत्रका उत्कृष्ट कृषक ,निरज बगाले ,शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन नेपाल मावि ताराका अध्यक्ष दिवश खत्री पदम ,नारी उत्थानमा योगदान पुर्याउने ,फूलमाया पुन ूजलजलाूसमाजसेवी तिलक ब रोका ,सफल ब्यवसायी बल बहादुर रोका खेलकुद फमार्फत योगदान पुर्‍याउने महिला खेलाडी हिमाली रोकालाइ सम्मान गरिएको थियोे ।

रुखबाट लडेर मेरुदण्ड भाचिएकी ताराखोला गाउपालिका ४ की युवती धनकुमारी घर्तिको उपचारका लागि क्लवले सोहि अवसरमा सहयोग अभियान शुभारम्भ गरेको छ । उक्त अभियानको व्यानर गण्डकी प्रदेश सदस्य दिपा रोकाले उद्घाटन गरेकी थिईन् ।

तिन दिन देखि चलेको मेलामा खुल्ला पुरुष ,महिला भलिबल प्रतियोगिता ,ब्याटमिन्टन,धनु बाण, सामुहिक नृत्य लगायतका कार्यक्रम आयोजना गरिएको सस्थाका अध्यक्ष पुर्णभद्र निउरेले ईबागलृङलाई बताए ।

NYC को हिजो सम्म सम्पन्न कार्यक्रम
धनुषबाण ७ समूह सहभागी जे सि जि निर्माण सेवा अर्गल प्रथम, अर्गल खेलकुद बिकास मन्च अर्गल दोस्रो ५ समूह को सहभागीता रहेको सामुहिक नृत्य मा रोयल डान्स क्लब हटिया प्रथम, सीप युवा क्लब तारा द्दितिय र जुल्फे नाट्य समूह नाङ्गी तृतीय,१८ समूहको सहभागिता रहेको डबल ब्याट मिन्टन प्रतियोगिता मा बाग्लुङ का बिबेक जि सि को समूह प्रथम, हरिचौर का पवन हमाल को समूह दोस्रो हिजो सम्पन्न पुरुष भलिबल को खेल बाट NYc तारा फाइनल मा प्रवेश गरेको छ भने देउराली युवा क्लब हिल र संगम युवा क्लब हरिचौर सेमि फाइनल मा प्रबेश गरेका छन ।

ताराखोला गाउँपालिका बाट सन्चार क्षेत्रमा योगदान पुर्याउने दिल निशानी मगर,कृषि तर्फ निरज बगाले,खेलकुद मा हिमाली रोका मगर , ब्यबसाय मा बल बहादुर रोका , शिक्षा तर्फ दिवस खत्री पदम , नारी उत्थान तर्फ फुलमाया पुन जलजला ,सामाजिक सेवा तर्फ तिलक बहादुर रोका सम्मानित हुनु भएको छ ५ जना ज्यष्ठ नागरिक न्यानो कपडा सहित सम्मानित हुनु भएको छ ८ बिद्यालय का ८ बिपन्न परिवार का बिद्यार्थि ले जनही २ हजारका दर ले छात्रवृत्ति प्राप्त गरेका छ्न ।

क्लबले हिजो देखि मेरुदण्ड भाचियर अपाङ्गता भएकी ताराखोला ४ कि धनकुमारी घर्ती का लागि स्वास्थ र छोरा को पढाई खर्च का लागि आर्थिक संकलन अभियान शुरु गरेको छ । लोक दोहोरी प्रतिस्ठान बाग्लुङका अध्यक्ष गणेश पौडेल , लोक दोहोरी गायक रेशम निर्दोष र कमला सुनार को साङ्गितिक प्रस्तुति पनि रहेको िथयाे । आज पुरुष भलिबल का फाइनल खेल महिला भलिबल फाइनल र क्यारम बोर्ड प्रतियोगिता को बाकी खेल र स्लो बाइक रेस प्रतियोगिता हुँदै ।

कात्तिक १२ गते सुरु भएको वार्षिकोत्सव तथा दीपावली मेलाको आज समापन हुने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !