सुमन सुनार, बुर्तिबाङ २०७६ कात्तिक १८ । ढोरपाटन नगरपालिका वडा नं. २ सिमलचौरका ४२ बर्षिय बुद्ध बहादुर खत्री उनको घर नजिकै बडीगाड खोलामा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
आज विहान स्थानिय मान बहादुर थापाले बडीगाड खोलामा खत्रीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरी निरीक्षक सुरज खड्काका अनुसार, खत्री राती करिब ११ बजेतिर घरबाट निस्किएको र विहान मृत अवस्थामा फेला परेका हुन् । मृत खत्री छारे रोगी समेत रहेको र मानसिक सन्तुलन पनि ठिक नभएकाले नियमित चेकजाँच गराउँदै आएको पारिवारिक स्रोतले जनाएको प्रहरीको भनाई छ ।
प्रहरी मुचुल्का पछि शवलाई पोष्टमार्टम गरी आजै परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तथा प्रहरी निरीक्षक खड्काले बताउनुभयो । घनाटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
25 Comments