बागलुङ २०७६ कात्तिक २० । वडीगाड गाउँपािलका ७ मा रहेको भिमगिठे माध्यमिक विद्यालय यतिबेला राजनैतिक दलहरुको बिबाद केन्द्र बनेको छ । एक जना शिक्षक बिद्यालयमा सरुवा भएर आएको विरोध स्वरुप प्रधानाध्यापक सागर खरेलले दिएको राजिनामा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरबहादुर क्षेत्री लगाएत पदाधिकारीले स्वीकृत गरेपछी विद्यालयमा नेपाली काँग्रेस र नेकपा बीच खिचातानी बढेको हो ।
प्रअ खरेलले असोज १२ गते दिएको राजिनामा विब्यस अध्यक्ष नरबहादुर क्षेत्री स्वीकृत गरेको र केहि पदाधिकारीले सागर खरेल प्रअबाट हट्न नहुने तर्क बाहिर आइरहँदा विद्यालयको भविष्य डावाडोल बनाउन खोजिएको भन्दै व्यवस्थापन समिती पदाधिकारीमाथि आरोप लागेको छ ।
गत असोज २५ गतेको विद्यालय व्यवस्थापन समितीको बैठकमा ब्यवस्थापन समिती अध्यक्ष नर बहादुर क्षेत्री ,शिक्षक प्रतिनिधी जित बहादुर थापा,सदस्य दिपक रायमाझीले समितिको बैठकमा प्रधानाध्यापक सागर खरेलको राजिनामा स्विकृत गर्ने निर्णय गरेको र बिधालय ब्यवस्थापन समिती सदस्य एवम् वडा नंं ७ का अध्यक्ष्ाँ कृष्ण गुरुङ,बिद्यालय ब्यवस्थापन समिती सदस्य खिम बहादुर के सी ,पदम बि ।क ,सुमित्रा घिमिरे, निमित्त प्र अ तिल बहादुर थापाले राजिनामा स्विकृत गर्ने निर्णय प्रती पुर्ण असहमती जाहेर गर्दै लिखित असहमती माइन्यूट नै फरक मत राखेका थिए । जबरजस्ति प्रअलाई हटाउन खोजको भन्दै त्यसको विवाद उत्कर्षमा पुगेको छ ।
पुन: मँगलबार बसेको व्यवस्थापन समिती तथा अभिभाबक बैठकमा सहभागिहरुले विद्यालयको शैक्षिक क्षेत्रलाई नधमिल्याउनका निम्ती सागर खरेलालाईनै प्रअ बनाइनु पर्ने अन्यथा विब्यस अध्यक्ष क्षेत्रीलेनै राजिनामा दिनुपर्ने अडान लिएपछि विवाद थप चुलिएको हो । सहभागिले अध्यक्ष क्षेत्रीलाई घेराहाली अन्तिम विकल्प दिन आग्रह गर्दै आक्रोश पोखेपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो ।
उक्त विबाद सँगै भिमगिठे माविका शिक्षक, विब्यस समितीका पदाधिकारी, स्थानीयबासीविच राजनैतिक दाउपेचकै भरमा सामाजिक सञ्जालमा जुहारी चलेको छ ।
5 Comments